शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विद्यालय परिसरबाट पेस्तोल बरामद

शुक्रबार, ०१ कात्तिक २०७६, १५ : ४५
शुक्रबार, ०१ कात्तिक २०७६

बारा । प्रहरीले बाराको करैयामाई गाउँपालिका–१ स्थित जनसामुदायिक मावि परिसरबाट पेस्तोल बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक रञ्जितसिंह राठौरका अनुसार विशेष सुराकीको आधारमा शुक्रबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा पेस्तोल बरामद गरेको हो ।

विद्यालय परिसरको उत्तरपश्चिम कुनामा रहेको सेफ्टी ट्यांकी नजिक कालो प्लास्टिकमा बेरेर ढुंगामुनी लुकाएको अवस्थामा १० इञ्च लामो घरेलु नलकटुवा पेस्तोल बरामद भएको राठौरले जानकारी दिए । उक्त हतियार कसको हो भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप