शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सशस्त्र प्रहरीद्वारा ठूलो परिणाममा पटका बरामद

शुक्रबार, ०१ कात्तिक २०७६, १५ : १०
शुक्रबार, ०१ कात्तिक २०७६

झापा– सशस्त्र प्रहरीले काँकडभिट्टा सीमा नाकाबाट ठूलो मात्रामा बिस्फोटक पदार्थ पटाका बरामद गरेको छ । शुक्रबार बिहान सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म झापाबाट खटिएको मोबाइल टोली ठूलो मात्रामा विष्फोटक पदार्थ बरामद गरेको हो । 

भारतबाट भन्सार छलेर दैनिक रुपमा नेपालतर्फ भित्र्याउँदै गरेको अवस्थामा बरामद गरिएका अवैध सामानसहित पटाका मेची भन्सार कार्यालयमा दाखिला गरेको गुल्मपति सशस्त्र नायब उपरीक्षक ज्ञानमणि पौडेलले

बताए । लाखौ बराबरको उक्त सामान सशस्त्र प्रहरी नायब निरीक्षक नारायण प्रसाद गौतमको कमान्डमा खटिएको मोबाइल गस्तीले  बरामद गरेको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप