शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल आइडल प्रतियोगी विक्रमको ‘ढाक्यो मायाले’ सार्वजनिक

शुक्रबार, ०१ कात्तिक २०७६, १३ : १५
शुक्रबार, ०१ कात्तिक २०७६

काठमाडौँ– नेपाल आइडल प्रतियोगी बिक्रम बरालको नयाँ गीत ‘ढाक्यो मायाले’ सार्वजनिक भएको छ । भिडियो सहित सार्वजनिक गीतमा उनलाई स्वरमा भ्वाइस अफ नेपालको ब्याटल राउण्डसम्म पुग्न सफल प्रतियोगी सम्झना पाण्डेले साथ दिएकी छन् । 

बैँशालु उमेरमा रहेका प्रेमी जोडीको माया प्रेमको कथा देखाउने प्रयास गरिएको भिडियोमा गायिका सम्झनाले मोडल निराजन प्रधानसँग रोमान्स गरेकी छन् । गहिरो प्रेममा रहँदा प्रेमी जोडीले गर्ने क्रियाकलाप भिडियोमा देखाइएको छ । 

भूपिन्द्र महतको शब्द, हरि लम्सालको संगीत रहेको गीतको भिडियो शान थापाले निर्देशन गरेका हुन् । जसमा अर्जुन तिवारीको छायाँकन, नकुल खड्काको सम्पादन र राजिव समिरको कोरियोग्राफी छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप