शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरुवा–बढुवाको विरोधमा डिप्रोक्स लघुवित्तका कर्मचारी आन्दोलित

शुक्रबार, ०१ कात्तिक २०७६, १२ : २७
शुक्रबार, ०१ कात्तिक २०७६

काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लि.मा कार्यरत कर्मचारीहरु आन्दोलित भएका छन् ।

संस्थाको नियम मूल्य मान्यता र कर्मचारीको हित विपरित संस्थाको नेतृत्वले आफु खुशी कर्मचारी सरुवा बढुवा गरेको भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन् ।

बिहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै कर्मचारीहरुको स्वतन्त्र कर्मचारी मिलन केन्द्र युनियनले नेतृत्वलाई निर्णय सच्याउन २४ घण्टे अल्टिमेटम दिएका छन् ।

मिलन केन्द्रद्धारा जारी विज्ञप्तीमा संस्थाले गरेको गल्तीमा कर्मचारीले खबरदारी गर्दा उल्टै नेतृत्वबाट फोनमा धम्की आएको उल्लेख गरिएको छ ।

युनियनका अध्यक्ष सूर्य बहादुर विष्ट र महासचिव दीपक पराजुलीद्वारा संयुक्त हस्ताक्षेरित विज्ञप्तीमा संगठन निर्माण प्रक्रियालाई प्रत्यक्ष प्रभाव पर्ने गरी गरिएको कर्मचारीको सरुवा बढुवा २४ घण्टा भित्र फिर्ता नगरे संस्थाको नियामक निकायको ढोका ढक्ढकाउने र संस्थाको सिइओले कर्मचारीमाथि फोनमार्फत दिएको धम्कीको अडियो टेप रेकर्ड सार्वजनिक गरिदिने चेतावनी दिइएको छ ।

कर्मचारी नियुक्ति प्रक्रियामा राष्ट्र बैङ्कलाई समेत छक्याउन सफल सिइओले आफ्नालाई मात्र सरुवा बढुवा गर्ने र सोको विरोध गरे रातको समयमा समेत फोनबाट धम्की दिने गरेको विज्ञप्तीमा उल्लेख छ ।

यस विषयमा संस्थाको तर्फबाट अध्यक्ष दीपक खनालले भने यो विषयमा आफूलाई केहि जानकारी नभएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप