काँग्रेसद्वारा १० एजेण्डामा आफ्ना गाउँपालिका अध्यक्ष–उपाध्यक्षलाई प्रशिक्षण

काठमाडौं । नेपाली काँग्रेसले आफ्नो दलबाट निर्वाचित गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई आज र भोलि प्रशिक्षण दिँदैछ ।
भक्तपुरस्थित कृषि विकास बैङ्कको तालिम केन्द्रमा अहिले ११ बजेबाट प्रशिक्षण सुरु भएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
उनका अनुसार पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख र सम्बन्धित गाउँपालिका कार्यसमिति सभापतिलाई समेत प्रशिक्षण दिइने छ ।
प्रशिक्षणलाई पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुले उद्घाटन गरेका हुन् ।
केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठान प्रमुख पार्टी सभापति विमलेन्द्र निधि, प्रतिष्ठानको कार्यकारी निर्देशक पुरुषोत्तम दाहाल र पार्टी निकट वुद्धिजिवीहरुले २ दिनसम्म प्रशिक्षण दिने छन् ।
प्रतिष्ठानका कार्यकारी निर्देश दाहालका अनुसार प्रशिक्षणमा वर्तमान राजनीतिक परिवर्तन र संविधानका मौलिक तत्वहरु, पालिका तहका अधिकार र कर्तव्य, गाउँपालिका, प्रदेश र संघबीचको सम्बन्ध र साझा अधिकार, योजना र बजेट तर्जुबारे प्रशिक्षण दिइने छ ।
यस्तै स्थानीय तहमा निर्वाचित र स्थानीय पार्टी इकाई कार्यसमितिसँग समन्वय, आगामी निर्वाचनहरुका लागि आधार निर्माण, स्थानीय तहमा निर्वाचितहरुले सामना गरिरहेका समस्याहरु, पार्टीे विधानका साथै राजनीतिक र आर्थिक नीतिहरुबारे संक्षिप्त जानकारी र संघीय सरकारका असफलताबारे पनि प्रशिक्षणका एजेण्डा बनेको उनले बताए ।
काँग्रेसले केही महिना पहिले सात वटै प्रदेशमा महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिएको थियो । यस्तै गत वर्ष प्रतिष्ठानले पार्टीबाट नगरपालिकामा निर्वाचित मेयर र उपमेयरहरुलाई प्रशिक्षण दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पूर्वराजाले चैत १५ को घटनाको जिम्मेवारी लिनुपर्छ’
-
युवालाई लोकतन्त्रको महत्त्व बुझाउन एमालेले ‘युथ सेलिब्रेसन’ आयोजना गर्ने
-
प्रचण्डलाई एमालेको जवाफ : सरकार परिवर्तन कतैबाट सम्भव छैन
-
एमालेले भन्यो– ज्ञानेन्द्रले अझै गल्ती गर्न खोज्दैछन्
-
नेपालले ओमानलाई हराउँदा जे देखियो
-
७ जनालाई एमालेले ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मान गर्ने