शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुतेकै समय जलेर मृत्यु

शुक्रबार, ०१ कात्तिक २०७६, ११ : ५५
शुक्रबार, ०१ कात्तिक २०७६

सुनसरी । सुनसरीमा गएराति सुतेकै समयमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय दुहबीका अनुसार सुनसरीको गढी गाउँपालिका–२ का ५२ वर्षीय भूमिसुधार माझीको जलेर मृत्यु भएको हो । उनी टाटीको बेरा तथा फुसको छानो भएको कच्ची घरमा एक्लै सुतेका थिए । सुतेकै अवस्थामा राति आगलागी हुँदा जलेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर आवश्यक अनुसन्धान गरेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप