शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कम पारिश्रमिक दिएपछि करीना कपूरले यसरी पोखिन् पीडा

शुक्रबार, ०१ कात्तिक २०७६, १० : ००
शुक्रबार, ०१ कात्तिक २०७६

बलिउड अभिनेत्री करीना कपूरले अभिनेताको जति नै पारिश्रमिक आफूलाई पनि दिन माग गरेकी छिन् । उनले जियो मामी मुभी मेलामा करण जौहर र आलिया भट्टसँगको कुराकानीको क्रममा यस्तो बताएकी हुन् । 

उनले फिल्ममा अभिनय गरेका अभिनेता र अभिनेत्रीलाई बढी र कम पारिश्रमिक दिनुभन्दा पनि बराबर दिनुपर्ने कुराको वकालत गरेकी छिन् । 

उनी थुप्रै फिल्मबाट बाहिरिएको कारण पनि कम पारिश्रमिक नै हो त भन्ने प्रश्नको जवाफमा भने उनले फरक–फरक फिल्मबाट बाहिरिनुको फरक–फरक कारण भएपनि फिल्ममा काम गर्ने नायक नायिका दुवैलाई बराबर पारिश्रमिक मिल्नु खुशीको कुरा भएको उल्लेख गरिन । 

उनलाई करणले सोधेको ‘यदि करीना र अक्षय दुवैलाई फिल्म ‘गुड न्यूज’ मा बराबर पारिश्रमिक दिइयो भने ?’ प्रश्नमा उनले चुट्की मार्दै भनिन्, ‘यदि तपाईं मलाई अक्षयको जति नै पारिश्रमिक दिनुहुन्छ भने म यो मामी शो नै छोडेर भाग्छु ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप