बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मन्त्रीका विदेश भ्रमण बाक्लियो

शुक्रबार, ०१ कात्तिक २०७६, ०६ : ४०
शुक्रबार, ०१ कात्तिक २०७६

संघीय सरकारका चार मन्त्रीसहित प्रदेशका दुई मुख्यमन्त्री विदेश भ्रमणमा छन् । सरकारका एक जना उपप्रधानमन्त्री बिहीबार मात्रै चीन भ्रमणमा निस्किएका छन् । 

अर्का मन्त्री बिहीबार चीनबाटै स्वदेश फर्केका छन् । 

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल चीनको हुवेई प्रान्तको उहान र बेइजिङमा हुने दुई छुट्टाछुट्टै कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् । 

अर्थमन्त्री युवराज खतिवडा विदेशमै छन् । उन २८ असोजमा अमेरिका प्रस्थान गरेका हुन् । 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण दलमा छन् । 

राष्ट्रपति स्वदेश फर्केलगत्तै प्रधानमन्त्री केपी ओलीको पनि विदेश भ्रमण तयर भएको छ ।

भूमिसुधार तथा सहकारीमन्त्री पद्मा अर्याल चीनको बेइजिङमा छिन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप