हात्ती धपाउन ड्रोन साइरन
झापा – झापामा जङ्गली हात्ती धपाउनका लागि प्रयोग गरिएको ड्रोन साइरनको परीक्षण सफल भएको छ । बुधबार राति मेचीनगर–१४ मा हात्तीले किसानको खेतमा पसेर धान खाइरहेको बेला ड्रोन साइरनको प्रयोग गरी हात्तीलाई हातेमालो सामुदायिक वनतिर खेदाइएको डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले बताए ।
धान पाकेसँगै दैनिक गाउँ पसेका हात्तीलाई लेखट्न समस्या भइरहेको अवस्थामा ड्रोन साइरनको प्रयोग प्रभावकारी हुने देखिएको उनले बताए । ड्रोन साइरन भद्रपुर नगरपालिका–१ का युवा वैज्ञानिक अनिल प्रधानले बनाएका हुन् ।
सो ड्रोन साइरनबाट हात्ती लेखट्न सजिलो भएसँगै यसबारे स्थानीय तहमा जानकारी दिन थालिएको छ । भद्रपुर, विर्तामोड, मेचीनगर नगरपालिकालगायत क्षेत्रमा जङ्गली हात्तीले दुःख दिन थालेपछि प्रधानले हात्ती धपाउन प्रयोग गर्न सकिने ड्रोन साइरन बनाएका हुन् ।
ड्रोनले सिंहको गर्जन र मौरी भुनभुनाएको जस्तो चर्को आवाज निकाल्ने हुँदा यो सुनेर हात्ती भाग्छ । हात्ती धपाउन सिंहको आवाज सुनाउने ड्रोनको प्रयोग प्रभावकारी देखिए पनि जिल्ला प्रशासन कार्यालयबाट कसैले अनुमति नलिएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताए ।
सम्बन्धित व्यक्ति वा संस्थाले जिल्ला प्रशासन कार्यालयबाट इजाजत लिई तोकेको मापदण्डभित्र रहेर मात्र ड्रोन प्रयोग गर्न पाउने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ