सरकारी जग्गा छानविन समितिको म्याद थप: यस्ता छन् आज बसेको मन्त्रिपरिषद बैठकका ११ निर्णयहरु
काठमाडौं– बिहिबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न ११ वटा निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले सरकारी, सार्वजनिक, गुठी र सरकारद्धारा अधिग्रहण तथा जफत गरिएका जग्गाहरुको हिनामिना सम्बन्धी छानविन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गठित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइवीको छानविन समितिको म्याद मंसिर २८ गतेसम्मका लागि थप गरिएको छ ।
व्यवसाय सञ्चालनको सहज वातावरण निर्माणका लागि संस्थागत संरचना स्वीकृत गर्ने निर्णय गरेको छ । जसले बैंक व्यवसायको इन्डेक्समा सुधार ल्याउन बढाउन मद्धत पुग्ने सुचना तथा सञ्चार म प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए । कार्तिक ५ र ६ गते काठमाडौंमा हुने नेपाल बंगलादेश वाणिज्य सहसचिव स्तरीय प्राविधिक समितिको चौथो बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको नेतृत्वमा १५ सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।
बाँके नेपालगञ्ज नगरपालिका वडा नम्बर २ का मृतक अधिराजकुमार शर्माका पिता जयलाल शर्मा अर्जेललाई १० लाख रुपैँया र काभ्रपलाञ्चोक पाँचखाल नगरपालिका वडा नं. ४ बस्ने सानुमाया लामालाई ३ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय भएको छ ।
हेर्नुहोस यस्ता छन् मन्त्रीपरिषद बैठकका निर्णयहरु :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक