रवि लामिछाने प्रकरणमा उच्च अदालत हेटौंडाको यस्तो आदेश
बिहीबार, ३० असोज २०७६, १८ : १७
काठमाडौँ । टिभी प्रस्तोता रवि लामिछानेविरुद्ध जिल्ला अदालत चितवनले गरेको आदेश यथावत राख्न उच्च अदालत हेटौंडाले आदेश दिएको छ ।
यस्तै सञ्चारकर्मी युवराज कँडेलविरुद्धको हकमा पनि उच्च अदालत हेटौंडाले जिल्ला अदालतले गरेको आदेशउपर धरौटी कायम गर्न आदेश दिएको छ ।
यस्तै अस्मिता कार्की रुकुको हकमा साधारण तारेखमा रिहा गरेको फैसला सदर गर्न उच्च अदालत हेटौंडाको आदेश छ ।
अस्मिताको पक्षमा अधिवक्ता मनिष कुमार श्रेष्ठ र केदार गुरागाईंले बहस गरेका थिए ।
आत्महत्या दुरुत्सान अभियोगमा तीनै जना केही महिनाअघि काठमाडौं उपत्यकाबाट पक्राउ परेका थिए । पक्राउ परेका लामिछाने ५ लाख धरौटी, कँडेल ३ लाख र कार्की साधारण तारेखमा रिहा भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय प्रधानमन्त्री मोदी र राहुलको भाषणमाथि निर्वाचन आयोगको नोटिस
-
कतारी राजालाई काठमाडौँ बाहिर घुमाउने योजना सम्भव भएन : राजदूत ढकाल
-
रुसको कदमले अमेरिका आक्रोशित
-
इरानी र्यापर सालेहीलाई मृत्युदण्डको सजाय सुनाइयो
-
आईपीएलको अवैध प्रसारण: प्रहरीले अभिनेत्री तमन्ना भाटियालाई सोधपुछका लागि बोलायो
-
अख्तियारद्वारा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर