एनआरएनएको मतदान सकियो, २३५९ मत खस्यो
बिहीबार, ३० असोज २०७६, १८ : ०६
काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनको लागि मतदान प्रक्रिया सम्पन्न भएको छ । मतदानमा २३५९ मत खसेको छ । मतदान प्रक्रिया सकिएलगत्तै अहिले मुचुल्का उठाउने काम भइरहेको छ । करिब १ घण्टापछि मतगणना सुरु हुनेछ ।
बिहीबार बिहान १० बजेबाट हायत होटलमा मतदान प्रत्रmिया सुरु भएको थियो । बुधबार मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता, दावी विरोध लगायतका काम सकिएको भएपनि साँझबाट शुरु हुने भनिएको मतदान रोकिएको थियो ।संघका उपाध्यक्ष कुमार पन्त र कुल आचार्य दुई प्यानल बनाएर मैदानमा उत्रिएका छन् ।
निर्वाचनमा करीब दुई हजार ४०० मतदाता सहभागी थिए । बिहीबारसम्म तीन दिनसम्म चल्ने सम्मेलनमा ८१ मुलुकका करीब दुई हजार ५०० प्रतिनिधि सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत