मेयरले बनाए बीच सडकमै टावर !

रौतहट । रौतहटको परोहा नगरपालिकाले राष्ट्रिय गौरवको हुलाकी सडक आयोजनामा अवरोध हुनेगरी बीच सडकमै टावर निर्माण गरिरहेको छ ।
मधेशको लाइफलाइनको रुपमा निर्माणाधीन १२ मिटर मात्र चौडाई रहेको बाटोको बीचमा दुईमिटर बर्गाकारमा नगरपालिकाले टावर बनाउँदा हुलाकी सडकको निर्माणनै प्रभावित हुने भएको हो । नगरको सोभा बढाउन भन्दै नगरपालिकाले टावर बनाउन लागेको हो ।
टेण्डर पश्चात निर्माण प्रकृयामा रहेको हुलाकीसडक आयोजनालाई कुनै जानकारी नै नदिइ नगरप्रमुख शेख वकिलले मनपरी ढंगले टावर निर्माण गर्न लागेको देखेर स्थानीय बासिन्दाले आलोचना गर्न थालेका छन् ।
नगरप्रमुख शेख वकिलले सस्तो लोकप्रियताको लागि अनावश्यक टावर राख्नलागेको स्थानीय शिक्षक एवं समाजसेवी अनिल यादवले टिप्पणी गरे ।
हुलाकी सडकका साइड इन्जिनियर श्याम नारायण मिश्राले लौकाहामा टावर निर्माण बारे परोहा नगरपालिकाले कुनै जानकारी नदिएको बताए ।
यसबारे बुझ्दा नगरपालिकाका योजना शाखा प्रमुख अब्दुलरब अन्सारीले एकसय दुई फिट अग्लो रहेको टावर ठड्याउन लागिएको बताए । यद्यपि उनले क्रेन मेसिनको अभावमा काम सम्पन्न गर्न नसकेको बताए ।
करीव १५ लाखको टावर निर्माणका लागि नगरपरिषद् तथा कार्यपालिकाबाट निर्णय नभएपनि निर्माण पुरा हुनासाथ बैठक बसेर योजनाको अनुमोदन हुने अन्सारीले बताए ।
यता नगरप्रमुख शेख वकिलले मात्र दुईमिटर बर्गाकार हुने टावरले सडकमा आवत जावत गर्न खासै प्रभाव नपर्ने दाबी गर्दै बरु चौबाटो रहेकाले दुर्घटना समेत न्युन हुने जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको ‘ट्यारिफ’ घोषणाले विश्व शेयर बजार चौपट, सांघाई र हङकङमा कारोबार ढिला सुरु हुने
-
सुपुष्पालाई १० प्रश्न
-
दक्षिण एसियाली जुनियर टेबलटेनिस प्रतियोगताका लागि १२ खेलाडी चयन
-
सोमबार कुन राशिका लागि शुभ ?
-
'कठै कर्णाली' : शैक्षिक सत्र सुरु हुनै लाग्दा गोदाममै थन्किए किताब
-
पश्चिमी र स्थानीय वायुको प्रभाव : यी प्रदेशमा वर्षाको सम्भावना