शिवम् सिमेन्टका उपभोक्ताहरुलाई चाँदी उपहार
काठमाडौं– गुणस्तरीय सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवम्को साथमा, चाँदीको उपहार सबैको हातमा” नामक विक्री योजना बजारमा ल्याएको छ ।
यस योजना अन्तर्गत प्रत्येक २५ बोरा शिवम् सिमेन्टको खरिदमा १० ग्राम चाँदीको सिक्का, ५० बोरा शिवम् सिमेन्टको खरिदमा २२ ग्राम चाँदीको दियो र १०० बोरा शिवम् सिमेन्टको खरिदमा ५० ग्राम चाँदीको दियो उपहार प्रदान गर्ने नयाँ उपभोक्ता मुखी स्कीम शुरु गरेकोछ । यो योजना सिमित अवधिको लागि नेपाल अधिराज्य भर लागू गरिएको छ ।
सिमेन्ट जगतमा विगत लामो समयदेखि गुणस्तरीय असली ओ.पी.सी. सिमेन्ट उत्पादन गर्दै, निमार्ण क्षेत्रमा लोकप्रियता हासिल गर्र्न सफल शिवम् सिमेन्टले चाँड पर्व लक्षित गरी आफ्ना ग्राहकहरुलाई विभिन्न योजनाहरु मार्पmत थप उत्साह प्रदान गर्दै आइरहेको छ ।
सोहि अनुरुप, कम्पनीले आउँदो तिहारलाई लक्षित गर्दै चाँदीको सिक्का र चाँदीको दियो उपहार स्वरुप प्रदान गर्ने योजना ल्याएको हो । दिपावलीको शुभकामना सँगै यो तिहार सबैका लागि विशेष तिहार होस् भनी सम्पूर्ण ग्राहक वर्गमा खुशीयाली बाँड्ने कम्पनीको लक्ष्य रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै
-
इजरायलमा बिपिन जोशीको सुरक्षित मुक्तिका लागि अपिल
-
जनयुद्ध हिंसा थिएन, हिंसा तत्कालीन राज्य व्यवस्थाले गरेको थियो : शर्मा
-
लागुऔषधसहित दुई जना नियन्त्रणमा
-
रूकुम पश्चिममा भव्यताका साथ मनाइयो जनयुद्ध दिवस (फोटोफिचर)
-
१० बजे १० समाचार : धरापमा शरतसिंहको मन्त्री पददेखि नयाँ शक्तिमा पुरानै नेतृत्वसम्म