बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

भिवोर क्यापिटल अब मुक्तिनाथ क्यापिटल

बिहीबार, ३० असोज २०७६, १५ : ५०
बिहीबार, ३० असोज २०७६

काठमाडौं–भिवोर क्यापिटल अब मुक्तिनाथ क्यापिटल भएको छ । मुक्तिनाथ विकास बैंकले भिवोर क्यापिटलको जारी पूँजीमा ५१% शेयर लगानी गरी आफ्नो सहायक कम्पनीको रुपमा सञ्चालन गरेको हो । 

मुक्तिनाथ विकास बैंकले आफ्नो पहलमा कृषि क्षेत्रको प्रवर्धनको लागि मुक्तिनाथ कृषि कम्पनी र पूँजी बजार (मर्चेन्ट बैंकिङ्ग) प्रवर्धनको लागि मुक्तिनाथ क्यापिटलमा लगानी गरी सेवाको दायरालाई फराकिलो बनाउने प्रयास गरेको छ । 

समावेशी वित्तीय सेवाको अलवा कृषि र पूँजी बजार क्षेत्रमा पनि उत्कृष्ठ सेवा प्रदान गर्ने बंैकले लक्ष्य लिएको छ । 

हाल बैंकले १२३ शाखा कार्यालयबाट आफ्ना सेवाग्राहीहरुलाई आधुनिक बैंकिङ्ग र साना तथा लघु बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङ्गले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप