काङ्ग्रेसले कात्तिक १ र २ गते प्रशिक्षण गर्दै
बिहीबार, ३० असोज २०७६, १५ : ४६
काठमाडौं– नेपाली काँग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी कात्तिक १ र २ गते प्रशिक्षण कार्यक्रम गर्दैछ । काङ्ग्रेसले पार्टीबाट विजयी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, सम्बन्धित गाउँपालिकाका काङ्गे्रसका सभापति, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखका लागि प्रशिक्षण कार्यक्रम गर्न लागिएको पार्टी कार्यालय सचिव मुक्ति आचार्यले जानकारी दिए ।
प्रशिक्षणमा देशभरबाट ४०० भन्दाबढीको सहभागिता हुनेछ । भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेस्थित कृषि विकास बैंकको तालीम केन्द्रमा हुने उक्त प्रशिक्षण उद्घाटनका लागि पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई आमन्त्रण गरिएको पार्टी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले भन्यो– ज्ञानेन्द्रले अझै गल्ती गर्न खोज्दैछन्
-
नेपालले ओमानलाई हराउँदा जे देखियो
-
७ जनालाई एमालेले ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मान गर्ने
-
१३ हजार ८५० करोड भारु घोटालाका आरोपी हीरा व्यापारी बेल्जियममा पक्राउ
-
चट्याङबाट एक वर्षमा ७८ जनाको मृत्यु, कस्तो ठाउँमा पर्छ चट्याङ ?
-
नेपाल वायुसेवा निगमले गर्यो चैत्र मसान्तसम्मको ऋण भुक्तानी