चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालको अन्तर्राष्ट्रियस्तरमा साख बढाएको छ : डा भट्टराई
गोरखा– पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले देशको अन्तर्राष्ट्रियस्तरमा साख बढाउन मद्दत पु¥याएको बताएका छन् । समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका उनले गोरखा सदरमुकाममा आज आयोजित पत्रकार भेटघाटमा भने, ‘विश्वशक्ति राष्ट्र बन्ने दिशामा गएको छिमेकी देशका प्रमुख नेता आउँदा देशको अन्तर्राष्ट्रियस्तरमा साख बढाउन मद्दत पुगेकोे छ यो सकारात्मक र महत्वपूर्ण कुरा हो ।’
नेपालले दुवै देशबीच सन्तुलन कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले भने, ‘हामी दुवै देशबीच समान सम्बन्ध राखेर अघि जान सकिन्छ भन्ने मान्यता राख्छौँ र राष्ट्रपति सीको भर्खरै सम्पन्न भ्रमणले पनि यही सन्देश दिन्छ ।’ अर्को फरक प्रसङ्गमा डा.भटृराईले लोकतन्त्रका कारण पछिल्लो समय अपराध लुक्न नसकेको बताए ।
सांसद विभिन्न आपराधिक घटनामा संलग्न भएको भन्ने आरोपमा धमाधम पक्राउ पर्नु लोकतन्त्रको उपलब्धि भएको उनको भनाइ थियो । ‘साधारण नागरिक मात्र होइन गलत कार्य गर्ने जोसुकैलाई पनि कानूनबमोजिम कारवाही हुन्छ भन्ने सन्देश गएको छ, यो अत्यन्तै सकारात्मक पाटो हो’, पूर्व प्रधानमन्त्री डा.भटृराइले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता
-
लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालन
-
घान्द्रुकमा स्कारपियो दुर्घटना स् एक जनाको मृत्यु, ४ गम्भीर घाइते
-
बागमती सीटीईभीटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस
-
सचिव सरुवाले हैरान सांसद : 'नम्बर सेभ गर्दा एउटा मन्त्रालयमा‚ फोन गर्दा अर्कै मन्त्रालयमा'