यौन दुर्व्यवहार गरेको आरोपमा एक युवक पक्राउ
बिहीबार, ३० असोज २०७६, १५ : ०१

ललितपुर– यौन दुर्व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । कालीकोट खडाचक्र स्थायी घरभई हाल ललितपुर महानगरिपालिका वडा नं १५ सातदोबाटोमा बस्दै आएका दत्तबहादुर शाही पक्राउ परेका हुन् ।
शाहीले २२ वर्षीया एक महिलालाई चिया खान जाउ भन्दै आफ्नो कोठामा लगि कोठाको चुकुल लगाएर यौन दुव्र्यवहार गरेको पिडित महिलाको भनाई छ । शाहीले दुर्व्यवहार गरेपछि पीडित महिला भागेर महानगरिय प्रहरी वृत्त सातदोबाटोलाई जानकारी गराएकी थिइन् ।
प्रहरीलाई जानकारी प्राप्त हुनसाथ असोज २७ गते राती ११ बजे शाहीको कोठामा प्रहरी गइ शाहीलाई तत्कालै नियन्त्रणमा लिइएको वृत्त प्रमुख डिएसपी गौतम मिश्रले बताए । शाहीलाई यौन दुर्व्यवहारमा म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको वृत्त प्रमुख मिश्रको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टर्कीमा शक्तिशाली भूकम्प
-
शर्मिला वाइबालाई आक्रमण गरेको आरोपमा दुई जना पक्राउ
-
५२ संवैधानिक नियुक्तिको सुनुवाइमा ‘ब्रेक’
-
घरेलु मैदानमै जिम्बाबेसँग हार्यो बंगलादेश
-
राष्ट्रपति पौडेल र युएईका उपप्रधानमन्त्री नाह्यानबिच शिष्टचार भेट
-
कृष्ण पहाडीको टिप्पणी: पूर्वराजा ज्ञानेन्द्र शाह नागरिक स्वतन्त्रताका शत्रु हुन्