शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

४ वर्षपछि सवारी ज्यान मुद्धामा फरार अभियुक्त पक्राउ

बिहीबार, ३० असोज २०७६, १४ : २०
बिहीबार, ३० असोज २०७६

ललितपुर– प्रहरीले सवारी ज्यान मुद्धामा फरार एक अभियुक्तलाई चार वर्षपछि पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त सातदोबाटोले घटना भएको ४ वर्षपछि सिन्धुपाल्चोकका पदमबहादुर रानालाई पक्राउ गरेको हो।

२०७२ फागुन १० गते महालक्ष्मी–४ लामाटार लुभूबाट गंगाटार तर्फ गइरहेको समयमा चौतारासाँगाचोकगढी नगरपालिका वडा नं. ४ ठूलो सिरुवारी सिन्धुपाल्चोकका २२ वर्षीय रानामगरले सवारी दुर्घटना गराएका थिए । 

मिनी ट्रक चालक रानामगरले  बा १ ख ८४०० नम्बरको चलाएको ट्रक पल्टिदा ट्रकमा सवार मिना राई र राकेश अमात्य घाइते भएका थिए । तर उपचारको क्रममा राकेश अमात्यको किष्ट अस्पताल इमाडोलमा  मृत्यू भएको थियो । दुर्घटनापश्चात चालक रानामगर फरार थिए ।

घटनापछि विकास अमात्यले मिनी ट्रक चालक पदम बहादुर रानामगरको संलग्नता भएको भन्दै उनको नाममा किटानी जाहेरी दिएका थिए । 

राना मगरलाई महानगरिय प्रहरी वृत्त सातदोबाटोको विशेष टोलीले असोज २९ गते ललितपुरको ग्वार्कोबाट नियन्त्रणमा लिई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको वृत्त प्रमुख गौतम मिश्रले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप