बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘सरौतो’मा सुमीको एक्सन

बिहीबार, ३० असोज २०७६, १२ : १८
बिहीबार, ३० असोज २०७६

 काठमाडौं – पछिल्लो समय नेपाली फिल्ममा नायिका पनि एक्सन अवतारमा देखिन थालेका छन् । फिल्म निर्माण र कथामा आएको परिवर्तसँगै निर्माता निर्देशकले नायिकालाई पनि एक्सनमा उतार्न थालेका छन् । 

यस्तै नायिकाको एक्सनले भरिएको फिल्म हो, ‘सरौतो’ । कात्तिक २२ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म अभिनेत्री सुमी मोक्तानले भरपुर एक्सन गरेकी छन् ।

केही दिन अगाडि, फिल्मको ट्रेलर समेत सार्वजनिक भएको थियो । ट्रेलरमा पनि अभिनेत्री सुमीको एक्सनका पाटोले प्रथामिकता पाएका छन् । 

मोडलिङ हुँदै फिल्म अभिनयमा छलाङ्ग लगाएकी सुमीले  ‘सरौतो’मा आफूले गरेको एक्सन सबैले रुचाउने बताइन् ।

फिल्म सफल छायाँकार हरी हुमागाईंले निर्देशन गरेका हुन् । हरीको यो निर्देशनमा डेब्यु फिल्म हो । फिल्ममा सुमी मोक्तान र सन्नी सिंहका अलवा विजय लामा, युवराज लामा, अमिर गौतम, अरुणा कार्कीलगायतका कलाकारको पनि अभिनय देख्न सकिन्छ । 

फिल्म श्री महर्जनले निर्माण गरेका हुन् । राजनराज सिवाकोटी, पुष्पन प्रधान, कमल खत्री र कोशिश क्षेत्रीको संगीत रहेको फिल्म काठमाडौं र बाराका आसपासका स्थानमा छायाँकन गरिएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप