बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एनआरएनएको नयाँ नेतृत्वको लागि मतदान सुरु

बिहीबार, ३० असोज २०७६, ११ : ४१
बिहीबार, ३० असोज २०७६

गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्व चयनको लागि मतदान सुरु भएको छ । 

बिहीबार बिहान १० बजेबाट हायत होटलमा मतदान सुरु भएको हो । 

बुधबार मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता, दावी विरोध लगायतका काम सकिएको भएपनि साँझबाट शुरु हुने भनिएको मतदान रोकिएको थियो ।संघका उपाध्यक्ष कुमार पन्त र कुल आचार्य दुई प्यानल बनाएर मैदानमा उत्रिएका छन् ।

निर्वाचनमा करीब दुई हजार ४०० मतदाता सहभागी हुनेछन् । 

बिहीबारसम्म तीन दिनसम्म चल्ने सम्मेलनमा ८१ मुलुकका करीब दुई हजार ५०० प्रतिनिधि सहभागी छन् ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप