शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मकवापुरमा अन्धाधुन्ध बन्चरो प्रहार, एक महिलाको ज्यान गयो

बिहीबार, ३० असोज २०७६, ११ : २८
बिहीबार, ३० असोज २०७६

काठमाडौँ  । मकवानपुरको बकैया गाउँपालिका–३, जलजलेमा आपसी झगडाको कारण एक व्यक्तिले अन्धाधुन्ध बञ्चरो प्रहार गर्दा एक महिलाको ज्यान गएको छ । 

जलजलेका सुकबहादुर पाख्रिनले आपसी विवादका क्रममा बञ्चरो प्रहार गरी सन्तमाया लोको ज्यान लिएको मकवापुर प्रहरी प्रमुख एसपी मुकेश सिंहले रातोपाटीलाई जानकारी दिए । 

एसपी सिंहका अनुसार पाख्रिनको बञ्चरो प्रहारबाट घाइते सन्तमायाको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक लोको टाउकोसहित विभिन्न भागमा लागेको छ ।

पाख्रिनले अन्धाधुन्ध प्रहार गरेको बञ्चरोबाट सन्तमायासँगै उनका श्रीमान् कुलबहादुर र स्थानीय २६ वर्षीया दिवीमाया मोक्तान पनि घाइते भएका छन् । उनीहरुको पनि चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । 

सन्तमायाको हत्यामा संलग्न पाख्रिनलाई प्रहरीले हतियारसहित नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप