बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रम्पले चिट्ठी लेखेर टर्कीका राष्ट्रपतिलाई भने, ‘मुर्ख नबन, इतिहासले तिमीलाई शैतानको रुपमा याद गर्नेछ’

बिहीबार, ३० असोज २०७६, १० : २९
बिहीबार, ३० असोज २०७६

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बुधबार टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनलाई पत्र लेखेर सिरियामा कुर्दिसविरुद्ध हमला रोक्न अपिल गरेका छन् । ट्रम्पले अर्दोआनलाई मुर्ख नबन्न पनि भनेका छन् । यस्तो नगरे उनलाई इतिहासमा शैतानको रुपमा याद गरिने खतरा भएको बताएका छन् । ट्रम्पले अर्दोआनसँग सिरियाको विषयमा उनीसँग सम्झौता गर्न पनि अपिल गरेका छन् ।

टर्कीको हमलाबाट सिरियामा १.६ लाख विस्थापितः

सिरियामा टर्कीको हमलाको असर लाखौंमाथि परेको छ । संयुक्त राष्ट्रले हमलाका कारण १ लाख ६० हजार विस्थापनका लागि बाध्य भएको बताएको छ । यसबाहेक १० बढी कुर्दिस नेताबाहेक थुप्रै सर्वसाधारणले पनि ज्यान गुमाइसकेका छन् ।

म टर्कीको अर्थव्यवस्था बर्बाद पारिदिन्छुः ट्रम्प

न्यूज एजेन्सीका अनुसार ट्रम्पले चिट्ठीमा अर्दोआनसँग भने, ‘तपाईं हज्जारौंको नरसंहारका लागि जिम्मेवार बन्न चाहनुहुन्नँ र म टर्कीको अर्थव्यवस्था बर्बाद गर्ने व्यक्ति बन्न चाहन्नँ । तर म के गरुँ । यदि विवाद मानवतावादी तरिकाले सुल्झिएन भने इतिहासले तिमीलाई राम्रो नेताको रुपमा हेर्नेछन् । तर राम्रो भएन भने तिमीलाई शैतानको रुपमा याद गर्नेछन् । त्यसकारण मुश्किल व्यक्ति नबन, मुर्ख नबन । म तिमीलाई पछि फोन गर्नेछु ।’

अर्दोआनले अमेरिकी उपराष्ट्रपतिलाई भेट्न अस्विकार गरे, त्यसपछि पुनः मानेः

अमेरिकी मिडिया रिपोर्ट अनुसार टर्कीमाथि प्रतिबन्धको घोषणापछि नै अर्दोआन ट्रम्पसँग रुष्ट छन् । बुधबार अमेरिकी राष्ट्रपति माइक पेन्स र विदेशमन्त्री माइक पोम्पियो उनीसँगको कुराकानीका लागि टर्की पुगे । यद्यपि, सुरुमा अर्दोआनले उनीसँग भेट्न अस्विकार गर्दै सिरिया मामलामा उनी ट्रम्पसँग मात्रै कुरा गर्ने बताएका थिए तर पछि उनले आफ्नो बयान फिर्ता लिए ।

ट्रम्पको सिरियाबाट सेना निकाल्ने निर्णय संसदमा विरोधः

सिरियाबाट अमेरिकी सेनालाई फिर्ता बोलाएकोमा ट्रम्पले अब आफ्नै रिपब्लिकन पार्टीका सदस्यको विरोध झेल्नु परिरहेको छ । संसदमा ट्रम्पको निर्णयमाथि विरोध प्रस्ताव पेश गरियो । यसले ३५४ सांसदको समर्थन पायो जबकी ६० सांसदले मात्रै यसको विरोध गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप