शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लागुऔषध ब्राउनसुगरसहित दुई युवा पक्राउ

बिहीबार, ३० असोज २०७६, १० : ०६
बिहीबार, ३० असोज २०७६

प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित सिरहा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ ।
 
इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको गस्ती टोलीले गएराति गोलबजार नगरपालिका–५ असनपुरबाट लागुऔषध ब्राउन सुगरसहित स्थानीयवासी २४ वर्षीय मुनेशकुमार सिंह र २८ वर्षीय हरिशचन्द्र महतोलाई पक्राउ गरेको हो ।
 
स्थानीय दुर्गा यादवको कुखुरा फार्ममा लुकाएर प्लाष्टिकको पोकामा तयार पारिएको अवस्थामा दुवैको साथबाट लागुऔषध ब्राउनसुगर ४३० मिलीग्राम बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
 
दुवै जनाले प्रयोग गरेको स३प ७६०८ नंको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको र पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बोहराले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप