शक्तिमा रहेकाहरू नै धमाधम पक्राउः निरन्तरता पाउला कानुनी राजका यस्ता शृंखलाले ?
नेपाली समाजमा वर्षांैदेखि परिचित एउटा यथार्थपरक उखान छ ‘सानालाई ऐन ठूलालाई चैन ।’ यो उखानले लोकतन्त्रलाई गिज्याइरहँदा पछिल्लो समयमा भने उच्च स्तरका व्यक्ति नै धमाधम पक्राउ पर्नुले कानुनी राजको अनुभूत हुन थालेको पाइएको छ ।
शक्तिमा रहेकाले जतिसुकै अपराध गरे पनि कारबाही नहुने प्रवृत्ति लामो समयदेखि रहँदै आयो । तर, वर्तमान सरकारले अपराध कर्म गरेका र शक्तिमा रहेकालाई समेत धमाधम पक्राउ गर्न थालेपछि भने केही आशा पलाएको छ तर कानुनी राजका यस्ता शृंखलाले निरन्तरता पाउलान् ? सर्वत्र चासोका साथ यस्तै प्रश्न सोध्न थालिएको छ ।
जनताबाट विश्वासको मत पाएर निर्वा्चित भएपछि माननीय (सांसद) बनेका वा त्यसअघि उनीहरूले गरेका गलत क्रियाकलापको धमाधम भेद खुल्न थालेपछि उनीहरू पक्राउ पर्ने शृंखला बढेको हो । विगतमा राजनीतिक शक्तिका आडमा विभिन्न गतिविधिमा सक्रिय रहेका सांसद तथा नेताविरुद्ध परेका उजुरीउपर प्रहरीले धमाधम एक्सन लिन थालेपछि उनीहरू पक्राउ परी कानुनी प्रक्रियामा आउन थालेका हुन् ।
प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा यौन दुव्र्यवहारको आरोपमा १९ असोजमा पक्राउ परेपछि अन्य माननीयहरू तथा शक्तिमा रहेका अन्य विरुद्ध परेका उजुरीउपर समेत प्रहरीले धमाधम पक्राउ पुर्जी जारी गर्न थालेको छ भने केही सांसद पक्राउ परिसकेका छन् । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतबाट मात्रै ३६ अर्ब बराबरको खाद्यान्न आयात
-
आईपीएलमा आज : लखनउसँग हारको बदला लिने धुनमा चेन्नई
-
पोखरा मुग्लिङ सडक : सम्झौताको म्याद सकियो, आधा काम पनि सकिएन
-
लोकतन्त्र त आयो, युवा पलायन किन बढ्यो ?
-
कार्यबिनायक मन्दिरमा प्रदीप र आनाको ‘एक्टर’ मुहूर्त
-
‘लू’सँग लड्न सरकारसँग छैन रणनीति, के हुन् ‘लू’का लक्षण र बच्ने उपाय ?