दिशाहीनता
एक यात्रीले याङ्सी घाँटीनिर रहेको छू राज्यमा जाने निधो गर्यो र घोडा चढेर उत्तरतिर लाग्यो ।
बाटोमा भेट्टिएको एकजना मान्छेले भन्यो, “ए भाइ, तपाईं गलत दिशातिर जाँदै हुनुहुन्छ । ‘छू’ राज्य त यताबाट दक्षिणतिर पर्छ । दक्षिण पुग्न दक्षिणै जानुपर्यो नि !”
“के भो र मेरो घोडा एकदमै छिटो दगुर्न–
सक्छ !”
“तपाईंको घोडा जतिसुकै छिटो दगुरोस्, उत्तरतिर दगुरेर दक्षिण त पुग्दैन होला नि !”
“के फरक पर्छ र ? मसँग प्रशस्त पैसा छ !”
“तपाईंसित पैसा जतिसुकै होस्, तपाईं गलत दिशातिर जाँदै हुनुहुन्छ । तपाईं ठीक ठाउँमा कहिल्यै पुग्न सक्नुहुन्न !”
“केही फरक पर्दैन । मसित एकदम राम्रो दुरबीन छ ।”
यात्रीले सही मान्छेको सही कुरा सुनेन ! आफ्नो गल्ती सकारेन । गलत दिशातिर अगाडि बढिरह्यो । बढिनैरह्यो । यसरी एकदमै गतिलो घोडा, प्रशस्त खर्च र टाढासम्म देखिने दुरबीन साथमा भएर पनि त्यो यात्री आफ्नो गन्तव्यबाट टाढिँदै गयो । झन् झन् टाढिँदै गयो । वर्षौं यात्रा गरेर पनि आफू पुग्न चाहेको ‘छू’ राज्यमा कहिल्यै पुग्न सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ : अर्थमन्त्री पुन
-
मन्त्रिपरिषद् बैठकमा सहकारीको समस्याबारे गम्भीर छलफल
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
बीआरआई परियोजनाबारे बृहत गृहकार्यको आवश्यकता
-
बलिउडमा डेब्यू गर्दैछिन् अक्षयकुमारकी भान्जी सिमर
-
कर्णालीमा समाजवादीले मुख्यमन्त्रीलाई मत दिने