एनआरएन चुनाव स्थगित, मतदानस्थलमा नाराबाजी
बुधबार, २९ असोज २०७६, २२ : ११

काठमाण्डौं – आज साँझ अवेर गरि सुरु भएको गैरआवासीय नेपाली संघको मतदान स्थगित भएको छ । विद्युतीय (इलोक्टोनिक) मतदान सुरु भएको केही समयमै प्राविधिक समस्या आएपछि बिहीबार १० बजे सम्मका लागि मतदान स्थगित गरिएको निर्वाचन आयुक्त शिव रिजालले जनाए ।
साँझ ५ बजे सुरु हुने भनिएको मतदान प्रक्रिया ३ घण्टापछि ८ बजेबाट सुरु भएको थियो । तर भोटिङ मेसिनमा समस्या आएपछि मतदाता आक्रोशित भएका छन् । उनीहरुले चर्को विरोध गर्दै नाराबाजी समेत गरेका छन् ।
एनआरएनएको अध्यक्ष पदका लागि कुमार पन्त र कुल आचार्यले मनोनयन दर्ता गराएका छन् ।
एनआरएनएको ९ औं विश्व सम्मेलन मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । एनआरएनएको ४२ पदका लागि मतदान हुन लागेकाे हाे । सम्मेलनमा विभिन्न देशबाट २५ सय प्रतिनिधिको सहभागिता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वतन्त्र प्रेसबिना लोकतन्त्रको कल्पना गर्न सकिँदैन : राष्ट्रपति पौडेल
-
बौद्धिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्नुपर्छ : अध्यक्ष ढकाल
-
‘एक्सेलेरेट एक्सन’ : महिला कलाकारको उद्घोष
-
‘द ग्रेट ग्याट्सबाइ’ को सय वर्ष
-
कलैयाका एक दर्जन निजी अस्पताल तत्काल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
-
नवराज सुवेदीलाई भेट्न निवास पुगे लिङ्देन