बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रीहरु परिवर्तन हुन सक्छन् : उपप्रधानमन्त्री पोखरेल

बुधबार, २९ असोज २०७६, २० : ०६
बुधबार, २९ असोज २०७६

काठमाडौं – उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मन्त्रिपरिषद पुनर्गठन हुन सक्ने संकेत गरेका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले तत्काल मन्त्रिपरिषद पुनर्गठन हुन नसक्ने प्रतिक्रिया दिए पनि उपप्रधानमन्त्री पोखरेलको पुनर्गठनको संकेत गरेका हुन् ।

नेकपा सचिवालयका सदस्यसमेत रहेका उनले मन्त्रिपरिषद पुनर्गठन गर्ने कि नगर्ने भन्ने विषय प्रधानमन्त्रीको स्वविवेकीय अधिकार भएकाले त्यसमा अन्यथा टिप्पणी गरि रहन जरुरी नभएको बताए ।

बुधबार पार्टीले काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्रीले आफ्ना दलका नेताहरुसँग परामर्श गरेर मन्त्रिपरिषद पुनर्गठन गर्न सक्ने बताए ।

‘मन्त्रीहरु परिवर्तन हुन सक्छन,’ उपप्रधानमन्त्री पोखरेलले भने, ‘त्यो प्रधानमन्त्रीको स्वविवेकको कुरा हो, त्यसकारण यसमा अन्यथा टिप्पणी गर्नुपर्ने जरुरी छैन ।’

उपप्रधानमन्त्री पोखरेलले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले दुई मुलुकबीचको सम्बन्धलाई नयाँ उचाईमा पु¥याएको विश्वास पनि व्यक्त गरे

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप