बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा दुई खरिदार अख्तियारको फन्दामा

बुधबार, २९ असोज २०७६, १९ : ३१
बुधबार, २९ असोज २०७६

बुटवल– जग्गा नामसारी भन्दै सेवाग्राहीसँग घुस रकम लिने दुईजना खरिदारलाई कपिलवस्तुबाट अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ ।

भूमि सुधार तथा मालपोत कार्यालयमा कार्यरत खरिदार सूर्यप्रसाद मिश्र  र खरिदार दुर्गाप्रसाद चौधरीलाई आज दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले कार्यालय परिसारबाट ६ हजार नगद सहित रंगेहात नियन्त्रणमा लिएको हो ।

अख्तियार बुटवलका प्रवक्ता शुरेस भुसालले दुवै जनालाई बुटवल कार्यालयमा ल्याएर बयान लिन शुरु गरिएको जनाकारी दिए । उनीहरुले सेवाग्राहीसँग मोही जग्गा नामसारी गरिदिने भन्दै रकम माग गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप