बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सानिमा बैंक एजीएमः १० प्रतिशत वोनस शेयर र ११ प्रतिशत नगद लाभांश वितरण गर्ने

बुधबार, २९ असोज २०७६, १८ : ३१
बुधबार, २९ असोज २०७६

काठमाडौं–सानिमा बैंक लिमिटेडले आश्विन २९ गते बुधबारका दिन १५ औं वार्षिक साधारण सभा सफलता पूर्वक सम्पन्न गरेको छ ।

बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पूँजीको १० प्रतिशत वोनस शेयर र ११.०५२६ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा रु २.२६ अर्व खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु १०९.०६ अर्व, कुल निक्षेप रु ९२.२८ अर्व तथा खुद कर्जा सापटी रु ८३.४४ अर्व रहेको छ ।

आर्थिक वर्ष २०७४/७५  को तुलनामा खुद मुनाफा, निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश ३३.०२,  १६.५४, २०.५०, र १८.७८ प्रतिशतले वृद्धि गरेको छ ।

बैंकको वित्तिय परिसूचक (असार मसान्त २०७६)

 निस्क्रिय कर्जा   ०.०८ ५
 पुँजीकोष      १३.१९ ५
तरलता    २२.८७ ५
कर्जा निक्षेप अनुपात (मासिक औसत) ७७.९१५

              
     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप