शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कार्तिकमा १० फिल्म रिलिज हुँदै

बुधबार, २९ असोज २०७६, १६ : ३३
बुधबार, २९ असोज २०७६

काठमाडौं– नेपाली चलचित्र क्षेत्रमा नयाँ फिल्म रिलिज यो समय र यसरी गर्ने भन्ने कुनै निति नियम छैन । त्यसैले कुनै महिना धेरै फिल्म रिलिज हुन्छन् त कुनै महिना थोरै । आउँदो कार्तिक महिना रिलिजको तयारीमा रहेका फिल्मको कुरो गर्ने हो भने यो असोजको तुलनामा करिब डबल फिल्म रिलिज हुने देखिएको छ ।

असोजमा ‘कबड्डी बकड्डी कबड्डी’, ‘रातो टिका निधारमा’, ‘काले दाई’ र ‘छ माया छपक्कै’ गरेर चार फिल्म रिलिज भए । कार्तिकमा १ गते शुक्रबार प्रदर्शनमा आउने ‘लक्ष्मी रानी’ देखि अन्तिमसाता २९ गते शुक्रबार प्रदर्शनमा आउने फिल्म ‘सम्हाली राख है’ सम्म १० फिल्म प्रदर्शनमा आउँने देखिएको छ ।

कार्तिकको पहिलो साता अर्थात कार्तिक १ गते शुक्रबार ‘लक्ष्मी रानी’ प्रदर्शनमा आउँदैछ । अभिनेत्री शुभेच्छा थापाको अभिनय निर्देशक रहेको यो फिल्ममा शुभेच्छाको अलवा धिरेन शाक्य, जयकिशन बस्नेत र भोजपुरी सुपरस्टार परदेशी साहको पनि मुख्य भूमिकामा अभिनय देख्न सकिन्छ ।

त्यस्तै दोस्रो साता कार्तिक ८ मा दुई फिल्म ‘पोइ पर्यो काले’ र ‘घामट शेरे’ बीच भिडन्त हुँदैछ । ‘पोई पर्यो काले’ शिशिर राणको निर्देशन रहेको फिल्म हो । यसमा  सौगात मल्ल, आकाश श्रेष्ठ, सोहित मानन्धर, पूजा शर्मा, श्रृष्टि श्रेष्ठ लगायत कलाकारको मुख्य भूमिका रहेको छ । 

‘घामट शेरे’ भने हेमराज बिसीले निर्देशन गरेका हुन् । रियल कपल अभिनेत्री स्वस्तिामा खड्का र निस्चिल बस्नेतको फिल्ममा मुख्य भूमिका छ । कार्तिक तेस्रो साता अर्थात १५ गते फिल्म ‘बादशाह जुट’ अहिलेसम्म एक्लै आउने देखिएको छ । आफुलाई बादशाह सम्झने दुई युवकको कथामा बनेको फिल्ममा सुशील सिटौला, आमिर गौतम, रविन तामाङ, रोशी खड्का, रश्मी पाण्डेलगायतका कलाकारहरुको अभिनय छ ।

चौथो साता अर्थात कात्र्तिक २२ गते भने ‘सारौटो’, ‘लभ यु हमेसा’ र ‘जीवन काडाकी फूल’ एक अर्काेसँग भिड्दै छन् । ‘सरौटो’ एक महिलाको संघर्षको कथा बोकेको फिल्म हो ।  सुमी मोक्तान, सन्नी सिंह, विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, मनिषा पुन मगरलगायतको पनि अभिनय छ । फिल्म हरि हुमागाइले निर्देशन गरेका हुन् ।

‘लभ यु हमेसा’ त्रिकोणात्मक प्रेमकथामा निर्माण गरिएको फिल्म हो । भास्कर प्रधानले निर्देशन गरेको फिल्मका मुख्य कलाकार यशराज गराचन, ऋचा थापा र फिजा योन्जन हुन् । अर्काे फिल्म ‘जीवन काडाकी फूल’ साहित्यकार छमक कुमारी घिमिरेको कृतिमा बनेको हो । फिल्ममा सारिका घिमिरे, किसन सुनार, उमा गिरीलगायतका कलाकारको अभिनय रहेको छ ।

यस्तै कार्तिकको अन्तिम साता २९ गते शुक्रबार ‘मिस्टर नेपाल’, ‘माछा माछा’ र ‘सम्हाली राख है’ आउँदैछन् । ‘मिस्टर नेपाल’ भूवन केसी, रीमा विश्वकर्मा, नव–कलाकारद्धय साहिल श्रेष्ठ र कुसुम राउतको अलवा रवि डंगोल, बिष्णु सापकोटा, कमलमणि नेपालको अभिनय रहेको फिल्म हो । राष्ट्रियता र प्रेम कथा बोकेको फिल्म देव भुषालले निर्देशन गरेका हुन् । 

‘माछा माछा’ तीन जना गाउँले युवकहरुले शहरिया जीवन स्थापित गर्न गरेको संघर्षको कथामा निर्मित फिल्म हो । फिल्ममा सौगात मल्ल, विजय बराल र अनोज पाण्डेको मुख्य भूमिका छ । ‘सम्हाली राख है’ आरएल मोक्तानको निर्देशन रहेको फिल्म हो ।

अर्जुन कुवँर, सितल केसी, राजेन्द्र गोपाली, आरोही बस्नेत, स्नेहा कार्की, अन्जना खत्री, शंकर कार्की लगायत कलाकारको अभिनय रहेको फिल्म छ  तारा शंकर फिल्मस् प्रालिको ब्यानरमा शंकर कार्कीको प्रस्तुति रहेको फिल्म हरिकृष्ण महर्जनले निर्माण गरेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप