सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसङ टिभी उपहार

काठमाडौं– कुवेत स्थित सुदुर पश्चिमेली नेपाल समाज कुवेत को दोश्रो वार्षिकउत्सव तथा अधिवेशन साथै वृहत साँगीतिक धमाका २०१९ सम्पन्न भएको छ । यही सेप्टेम्बर २० मा भएको कार्यक्रममा सिटी एक्सप्रेस मनि ट्रान्सफर प्रमुख आयोजकको रुपमा रहेको थियो ।
सो कार्यक्रममा ८ सय भन्दा धेरै नेपालीहरुको उत्साहजनक सहभागीता रहेको थियो । जसमा नेपाल आइडल सिजन २ को बिजेता रवी ओड र गायक र कलाकार चक्र बमले प्रस्तुती दिएका थिए ।
कार्यक्रमलाई थप रोमान्चक बनाउन सिटी एक्सप्रेसले कार्यक्रममा उपस्थित दर्शकहरुमा लक्की ड्र सञ्चालन गरेको थियो । जसको बिजेता जय बहादुर थापाले उपहार स्वरुप सामसङ को ३२’’ को टि.भी. प्राप्त गरे । सोेहि कार्यक्रममा अन्य ५ जनालाई सिटी एक्सप्रेसको तर्फबाट आकर्षक उपहार पनि प्रदान गरिएको थियो ।
नेपालका लागि सामसङ उत्पादन हरुको अधिकृत वितरक हिम इलेक्ट्रोनिक्सले प्रवासीहरुलाई विदेशमै बसेर नेपालमा टि.भी किन्न मिल्ने सुविधा प्रदान गर्न सिटी एक्सप्रेस मनि ट्रान्सफरसँग साझेदारी गरेको छ ।
सम्झौता अनुसार कतार, साउदी, कुवेत र मलेशियामा रहेको सिटी एक्सप्रेस मनि ट्रान्सफरको काउन्टरमा गएर पैसा जम्मा गरेपछी नेपालमा रहेका परिवार र आफन्तजनहरुले सोहि देश बराबरको एमआरपीमा टिभी खरिद गर्न सक्नेछन ।
यो इनिशिएसन गत जुलाईबाट प्रारम्भ भएको हो । हिम इलेक्ट्रोनिक्सले प्रवासीहरुलाई विदेशी टिभी छोडेर स्वदेशमै टिभी किन्न प्रोत्साहीत गर्न यस्तो इनिशिएसन गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने
-
असल अभ्यास आदानप्रदान गर्न स्थानीय निकायबिच समन्वय हुनुपर्छ : महर्जन
-
विश्वकपको यात्रामा वर्षा बाधक बन्दा समर्थकको नाराबाजी, खेलाडी निराश
-
काठमाडौँ उपत्यकाको वायु प्रदूषण कम गर्न साइकलमैत्री कानुनको माग गर्दै प्रदर्शन (तस्बिरहरू)
-
पटक-पटक नाकबाट रगत बग्छ ? हेमोफिलिया हुनसक्छ
-
वर्षाका कारण विश्वकप खेल्ने नेपालको सपना चकनाचुर