बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वव्यापी भोकमरी सूचकाङ्कमा भारत अगाडि

बुधबार, २९ असोज २०७६, १४ : ५३
बुधबार, २९ असोज २०७६

एजेन्सी । ‘ग्लोबल हंगर इन्डेक्स’मा ११७ देशहरु सूचीमा नेपाल ७३ औं स्थानमा आएको छ । सम्बन्धित देशका नागरिकले सन्तुलित खाना खाए– नखाएको, बालमृत्युदरको अवस्था, बाल कुपोषणजस्ता आधारलाई यो सूचकाङ्क तयार गरिन्छ । 

भारत एशियाको तेस्रो ठूलो अर्थव्यवस्था र दक्षिण एशियाको सबैभन्दा ठूलो अर्थव्यवस्था हो । तर ग्लोबल हंगर इन्डेक्समा भारत दक्षिण एशियाका अन्य देशका तुलनामा तल देखिन्छ । 

यसको मतलब श्रीलंका, नेपाल, बंंग्लादेश र पाकिस्तानका जनता भारतीयहरुभन्दा पोषणको आधारमा अघि छन् । भारत यो मामिलामा ब्रिक्स राष्ट्रहरुमध्ये त सबैभन्दा तल छ । 

दक्षिण एशियाली देशमध्ये यस सूचकाङ्कमा सबैभन्दा राम्रो श्रीलंका ६६ औं स्थानमा छ । त्यसपछि नेपाल ७३ औं, बंग्लादेश ८८औं र पाकिस्तान ९४औं स्थानमा छ । 

भारत सूचिको १०२औं स्थानमा छ । सन् २०१० मा ९५औं स्थानमा रहेको भारत अहिले आएर सन् २०१९मा १०२औं पुगेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप