बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

क्रिकेट : आईसीसीले गर्‍यो विजेता छान्ने नियम परिवर्तन

बुधबार, २९ असोज २०७६, १४ : ४६
बुधबार, २९ असोज २०७६

एजेन्सी । गत जुलाईमा सम्पन्न केट विश्वकपको फाइनल खेल सुपर–ओभरसम्म बराबरी भए पनि इङ्ल्याण्डलाई विजेता घोषित गरिएको थियो । 

इङ्ल्याण्डलाई विजयी गराउन अवलम्बन गरिएको नियममा ठूलो विवादमा उत्पन्न भएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आईसीसी)ले सोमबार सम्पूर्ण ठूला क्रिकेट प्रतियोगिताको लागि सुपर ओभरका नियम परिवर्तन गरेको छ । 

न्युजिल्याण्ड र इंग्ल्याण्डबीच खेलिएको फाइनल खेलको नियमित समयमा दुई टिमले बराबर २४१ रन बनाए । त्यसपछि सुपर ओभर गरिएको थियो । सुपर ओभरमा पनि दुवै टिमले १५–१५ रन बनाए र म्याच बराबर भयो ।
त्यसपछि सम्पूर्ण खेल अवधिमा धेरै बाउण्ड्री कटाएको टीमलाई विजयी घोषणा गरिएको थियो । यस नियमको कारण आईसीसीले निकै आलोचना सामना गर्नु परेको थियो ।

आईसीसीले अब यो नियमलाई बदलेको छ । नयाँ नियममा सेमीफाइनल र फाइलनमा सुपर ओभरमा पनि दुवै टिमले बराबर रन बनाए भने पुनः सुपर ओभर हुनेछ । र, कुनै एक टीम विजेता नबनेसम्म सुपर ओभर जारी रहनेछ । 

आईसीसीको बोर्डको बैठकपछि जारी वक्तव्यमा भनिएको छ ,‘ ग्रुपस्तरमा यदी सुपर ओभरपछि पनि खेल बराबरी भयो भने त्यसलाई बराबरी मानिन्छ । तर सेमीफाइनल र फाइनलमा सुपर ओभर तबसम्म खेलाइनेछ जबसम्म एक टीम बढी रन बनाउँदैन । ’

आईसीसी क्रिकेट समिति, मुख्य कार्यकारी अधिकारी(सीईसी)को समितिको सिफारिसपछि यो सहमती बनेको हो । 

नयाँ नियमले एक दिवसीय र टी२० विश्वकपका खेलहरु थप रोमाञ्चक र आकर्षक बन्ने क्रिकेट समिति र सीईसीले विश्वास व्यक्त गरेका छन् ।

आईसीसीले विगतमा बराबरी खेल सुपरओभरमा खेलाइदाँ पनि बराबर भयो भने खेल अवधि र सुपरओभरका क्रममा हानिएको चौका–छक्काको संख्याको आधारमा तय गरिने व्यवस्था गरेको थियो । 

क्रिकेट विश्वकपको फाइनलमा इंग्लाण्ड र न्यूजील्याण्डबीच टक्कर भयो । ५०–५० ओभरको यो खेलमा कुनै नजिता निस्किएन किनकि दुवै टिमले बराबर बनाए । 

यसपछि विजेताको निर्णय गर्नको लागि आईसीसीले सुपर ओभरको नियम यस विश्वकपमा लागू ग¥यो । म्याच सुपर ओभरको ६–६ पटक बलिङसम्म पुग्यो । त्यहाँ पनि दुवै टिमले १५–१५ रन बनाए र खेल बराबरी भयो । 
यसपछि आईसीसीले नयाँ नियमको आधारमा पुरा पारी र सुपरओभरमा लगायो र चौका–छक्काको संख्याको आधारमा इंग्ल्याण्डको विजेता घोषित गरिएको थियो । इंग्ल्याण्डले म्याचमा २२ चौका र दुई छक्का हानेको थियो भेन न्युजिल्याण्डले १६ चौका लगाएको थियो । 

उक्त निर्णयको विश्वका ठूलो क्रिकेट खेलाडीका अतिरिक्त कयैन संचारमाध्यमले ‘हास्यास्पद’ नियम भनेर आलोचना गरेका थिए । न्यूजिल्याण्डका मिडियामा झनै ठूलो आलोचना भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप