शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

छल्दीको दोभानमा बगेर बेपत्ता मध्ये एकजनाको शव फेला

बुधबार, २९ असोज २०७६, १३ : ४५
बुधबार, २९ असोज २०७६

बुटवल– मंगलबार दिउँसो गुल्मीको छल्दीखोलाको दोभानमा बगेर बेपत्ता भएका दुई जनामध्ये एक जना युवकको शव फेला परेको छ ।   जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर–५ तिलारा निवासी २१ वर्षीय दिपक विकको शव बुधबार दिउँसो भेटिएको हो ।

विकको शव चन्द्रकोट गाउँपालिका वडा नम्बर ८ मजुवाको खोल किनामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक चुरामणी पुनले  जानकारी दिए । सँगै बगेर बेपत्ता भएकी सोही गाउँकी ५ वर्षीय गरिमा विक अझै फेला पर्न नसकेको प्रहरीले जनाएको छ । संगै बगेका ७ वर्षीय किसान विकलाई भने स्थानीय माछा मार्नेलेहरुल उद्धार गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप