शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सहयोगी विकास बैंकका सञ्चालक समिति सदस्य दिपु पक्राउ

बुधबार, २९ असोज २०७६, १३ : ३७
बुधबार, २९ असोज २०७६

जनकपुर– ठगी गरेको आरोप लागेका सहयोगी विकास बैंक लिमिटेड जनकपुरका सञ्चालक समितिका सदस्य दिपु भनिने दिपेन्द्रकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ । जनकपुरधाम वडा नम्बर १० का लालबाबु रौनियारको व्यक्तिगत रुपमा धितो राखिएको जग्गा जालसाजी तथा ठगी गरी बिक्री गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो ।

जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेपछि फरार रहेका यादवलाई प्रहरीले आज बलबा टोलस्थित घरबाटै पक्राउ गरेको हो । पीडित रौनियारले लामो समयसम्म पनि आफ्नो जग्गा फिर्ता नपाएपछि जग्गा दिलाइदिनका लागि अदालतमा मुद्दा दायर गरेका थिए । त्यसलगत्तै अदालतले जालसाजी तथा ठगी गरेको अभियोगमा अभियूक्त दिपेन्द्रकुमार यादव दिपुको नाममा गत साउन १३ गते पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि उनी फरार रह्दैँ आएका थिए । 

पक्राउ परेका यादवलाई आजै जिल्ला अदालत धनुषामा उपस्थित गराई म्याद थप गराउने तयारी रहेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिएका छन् । रौनियारले करिब ८ वर्षअघि महोत्तरीको बर्दिवासमा रहेको ५ कट्ठा जग्गा व्यक्तिगत रुपमा यादवकहाँ धितो राखि ५० लाख रुपैयाँ ऋण लिएका थिए । 

केहि वर्षभित्रै सो ऋणवापत यादवलाई ७३ लाख रुपैया चुक्ता गरेपनि जग्गा फिर्ता पाएका थिएनन् । जग्गा फिर्ता गर्न पटक–पटक आग्रह गर्दा पनि जग्गा नपाएपछि ६ वर्षअघि जिल्ला अदालत धनुषामा रौनियारले मुद्दा दायर गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप