बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको सबैभन्दा ठूलो पुरस्कार डा. खगेन्द्र लुइटेललाई

बुधबार, २९ असोज २०७६, १३ : ०४
बुधबार, २९ असोज २०७६

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको राम लामा अविनाशी विशिष्ट प्रतिभा पुरस्कार प्राडा खगेन्द्र लुइटेललाई प्रदान गरिएको छ । 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपाली भाषासाहित्यको विकास र अन्तर्राष्ट्रियकरणका साथै अनेसासको विकासमा योगदान पुर्याउने व्यक्तिहरुमध्येबाट एक जनालाई हरेक दुई वर्षमा यो पुरस्कार प्रदान गर्दै आएको छ ।

पुरस्कारका लागि योग्य प्रतिभाको छनौट गर्न बोर्ड अफ ट्रस्टिज कार्यसमितिको बैठकले तीन सदस्यीय प्रतिभा छनौट समिति गठन गरेको थियो । 

डा. लुइटेलले नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रियकरण र मानकीकरण गर्न पुर्याएको योगदानलाई मूल्याङ्कन गर्दै उक्त पुरस्कारबाट पुरस्कृत गरिएको समितिले जनाएको छ ।

सो पुरस्कारको राशी २५०० अमेरिकी डलर रहेको छ । यसअघि यो पुरस्कार २०१७ मा अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीलाई प्रदान गरिएको थियो । 

नोभेम्बर १० मा अमेरिकाको वासिङ्टन डिसीमा आयोजना हुने अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण समारोहको अवसरमा प्राडा लुइटेललाई पुरस्कार प्रदान गरिनेछ । 


 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप