करिनाको तारिफ गर्दा गर्दै आलियाको मुखबाट फुत्कियो अश्लील शब्द, करण जोहरको यस्तो प्रतिक्रिया (भिडियो)

आलिया भट्टलाई धेरैले नसोचिकन बोल्ने नायिकाको उपमा दिएका छन् । हालै उनीमाथि ठ्याक्कै यस्तै भएको छ । एक कार्यक्रमका बेला आलियाको मुखबाट करिनाको तारिफ गर्दागर्दै अश्लील शब्द (एफ वर्ड) निस्कियो ।
आलिया केही दिन अघि करिना कपुर खान र करण जोहरसँग जियो मामी फिल्म फेस्टिबलमा समावेश भइन् । यतिबेला करणसँगको कुराकानीमा एक प्रश्नको जवाफमा आलियाले करिनाको तारिफ गर्न सुरु गरिन् । आलियाले भनिन्, ‘करिनाले एकपछि अर्को फिल्ममा काम गरिरहेकी छिन् । मानिसहरु भन्छन् कि विवाह भएपछि जीवन थोरै स्लो हुन्छ तर करिनाको यस्तो भएन । कतिले बच्चा भएपछि जीवन स्लो हुन्छ पनि भन्छन् तर उनको यस्तो पनि भएन । उनी सधैंझैँ हाम्रो लागि प्रेरणा बनेकी छिन् । मेरोलागि मात्र होइन मेरा साथीहरुका लागि पनि ।’
आलियाले थपिन्, ‘हामी सधैं उनको तस्बिर हेर्छौं र उनको जिम लुकको तारिफ गर्छौं । हामी सोच्छौं कि उनी कति हट छिन् । उनी कहिले यति सुन्दर र हट देखिन बन्द गर्छिन् ? यहाँसम्म कि उनी ट्र्याक पाइन्छ, चप्पल र टिसर्टमा पनि उत्कृष्ट देखिन्छिन् ।’ यति भन्दा भन्दै आलियाको मुखबाट अश्लील शब्द निस्कन्छ जुन सुनेर करिनाले आफ्नो हात मुखमा राख्दै भनिन्, ‘भर्खरै के भयो ?’ करणले पनि दोहोराएर उनले के भनिन् भनेर सोधे ? जब यसबारे थाहा भयो कडा स्वरमा आलियालाई भने, ‘के मैले तिमीलाई यसरी नै हुर्काएँ ?’
आलियाले आफ्नो मुख छोपेर बेस्सरी हाँसिन् । भिडियो हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी
-
१२ बजे, १२ समाचार : शिक्षकलाई घर फर्काउने गृहकार्यमा मन्त्रालयदेखि ६० लाख लुटपाटबारे डाँकाचोरी मुद्दामा अनुसन्धानसम्म
-
जनक शिक्षाले पाठ्यपुस्तक उपलब्धताबारे बुझ्न देशव्यापी अनुगमन गर्ने
-
जाजरकोट भूकम्पको क्षति आकलन गर्न सम्झौता
-
बिस्का जात्रा : रथले किचेर एक जनाको मृत्यु
-
६० लाख लुटमा संलग्नहरुविरुद्ध डाँकाचोरी मुद्दामा अनुसन्धान