बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सांसद प्रमोदकुमार साहको रिहाइको माग गर्दै राजपा नेपाल आन्दोलित, एक घण्टा चक्काजाम

बुधबार, २९ असोज २०७६, ०९ : २३
बुधबार, २९ असोज २०७६

राष्ट्रिय जनता नेपाल (राजपा) का तर्फबाट सर्लाही निर्वाचन क्षेत्र १ बाट निर्वाचित प्रमोदकुमार साहको रिहाइको माग गर्दै राजपा नेपालले आन्दोलन गरेको छ । 

राजपा नेपालले बुधबार बिहान साहको रिहाइको माग गर्दै एक घण्टा लामो चक्काजाम गरेको हो । 
 
राजपा नेपाल धनुषाले  करिब एक सयको संख्यामा जनकपुरस्थित रामानन्द चोकको पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए । 

प्रदर्शनकारीहरुले बिहान ८ बजेदेखि ९ बजेसम्म चक्काजाम गरेका थिए । 

पक्राउ परेका सांसद साहको रिहाइ र बुद्ध एयरको बिरुद्धमा प्रदर्शनकारीहरुले प्रदर्शन गरेका हुन् । 

यसपछि, राजपा नेपालको निर्धारित कार्यक्रमअनुसार जनकपुरको भानु चोकस्थित बुद्ध एयरको कार्यालयमा तालाबन्दी गर्ने र सेवाग्राहीलाई बुद्ध एयरको हवाई टिकट काट्नबाट रोक्ने तथा सर्वदलीय बैठकका लागि जनकपुर उद्योग वाणिज्य सङ्घ  सहित विभिन्न संघ संस्था लगायतकाहरुसङ्ग बैठक बसि आगामी आन्दोलनको कार्यक्रम तय गर्ने योजना रहेको राजपा नेपाल धनुषाको अध्यक्ष मण्डलको संयोजक प्रमोदकुमार यादवले जानकारी दिए ।

मंगलबार प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहलाई जनकपुर बिमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेपछि प्रहरीले पक्राउ गरेको थियो । 

उनको पक्राउको विरोधमा मङ्गलवारदेखि नै राजपा नेपाल चरणबद्ध आन्दोलनमा उत्रेका छन् ।

प्रहरी नियन्त्रणमा रहेका सांसद साहलाई आज धनुषा जिल्ला अदालतमा पेस गरिने प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप