बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

स्पेन युरोकपमा छनोट

बुधबार, २९ असोज २०७६, ०८ : ४९
बुधबार, २९ असोज २०७६

तीन पटकको विजेता स्पेन युरोकप फुटबलमा छनोट भएको छ । समूह ‘एफ’ अन्तर्गत मंगलबार राति भएको खेलमा स्पेनले स्वीडेनलाई उसैको मैदानमा १–१ गोलको बराबरीमा रोक्दै छनोट यात्रा तय गरेको हो ।

स्पेन युरोकपमा छनोट हुने छैटौं टोली पनि बनेको छ । यसअघि बेल्जियम, ईटाली, रुस, पोल्यान्ड र युक्रेनले छनोट यात्रा तय गरिसकेका छन् । स्पेनलाई छनोटका लागि केवल एक अंकको आवश्याता थियो । खेलमा सुरुवाती अग्रता स्वीडेनले लिएको थियो । स्वीडेनका लागि ५०औं मिनेटमा मार्कस बर्गले गोल गरे । स्पेनले दोस्रो हाफको इन्जुरी समयमा बराबरी गोल फर्काउन सकेको थियो । रोड्रिगोले बराबरी गोलगर्दै स्पेनलाई युरोकपमा छनोट गराए ।

जितसँगै समूहको शीर्ष स्थानमा रहेको स्पेनले आठ खेलबाट २० अंक बनाएको छ । दोस्रो स्थानमा रहेको स्वीडेनको १५ अंक छ । यही समूहको अन्य खेलमा माल्टाले फारोय आइसल्यान्डलाई १–० गोलले हराएको छ । अर्को खेलमा रोमानिया र नर्वेले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । समूहमा १४ अंक बनाएको रोमानिया तेस्रो, ११ अंक बनाएको नर्वे चौथो तथा समान तीन अंक बनाएका फारोय आइसल्यान्ड र माल्टा क्रमशः पाँचौं र छैटौं स्थानमा छन् ।

यसैगरी समूह ‘डी’ को खेलमा स्वीट्जरल्यान्ड र जर्जिया विजयी भएका छन् । स्वीट्जरल्यान्डले आयरल्यान्डलाई आफ्नै मैदानमा २–० र जर्जियाले गिबरलटारलाई उसैको मैदानमा ३–२ गोलले हरायो । हारेपनि आयरल्यान्ड समूहको शीर्ष स्थानमा छ । आयरल्यान्डले सात खेलबाट १२ अंक छ । एक खेल कम खेलेको डेनमार्क समान १२ अंक सहित दोस्रो स्थानमा छ । ११ अंक बनाएको स्वीट्जरल्यान्ड तेस्रो र आठ अंक बनाएको जर्जिया चौथो स्थानमा छ । अंकबिहिन गिबरलटार तालिकाको अन्तिममा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप