बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रोनाल्डोले हाने आफ्नो करियरको सात सयौं गोल, अहिलेका खेलाडीमा अब्बल

बुधबार, २९ असोज २०७६, ०८ : ४२
बुधबार, २९ असोज २०७६

युक्रेनले सोमबार युरो कप २०२० को क्वालिफायर प्रतिस्पर्धामा पोर्चुगललाई २–१ ले हराएको छ । खेलमा पोर्चुगलका लागि एकमात्र गोल स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले ७२ औं मिनेटमा पेनाल्टीमार्फत् गरे । यो उनको करियरको सात सयौं गोल रह्यो । यो आँकडा छुने उनी संसारका छैटौं र अहिलेका फुटबलर्समध्येका अब्बल हुन् । चेक रिपब्लिकका पूर्व फुटबलर जोसेफ बाइकन ८०५ गोलसहित शीर्ष स्थानमा रहन सफल भएका छन् ।

३४ वर्षका रोनाल्डोले यो उपलब्धि ९७३ औं (घरेलु, क्लब र अन्तर्राष्ट्रिय) खेलमा हासिल गरे । फुटबल इतिहासमा ब्राजिलको रोमारियो, पेले र जर्मनीका गर्ड म्युलरले पनि सात सय बढी गोल गरिसकेका छन् ।

सात सय बढी गोल गर्ने खेलाडीः

रोनाल्डोले दायाँ खुट्टाले ६३ प्रतिशत गोल गरेः

पोर्चुगलका खेलाडी रोनाल्डोले आफ्नो करियमा ४४४ (६३ प्रतिशत) गोल दायाँ खट्टाले गरेका छन् । यसबाहेक १२६ गोला बायाँ खुट्टाले, दुई गोल उनले टाउकोको दाहिने भागबाट र १२८ गोल टाउको (हेडर) मार्फत् गरेका हुन् ।

सबैभन्दा धेरै ४५० गोल रियल मड्रिडका लागि गरेः

रोनाल्डोले आफ्नो १७ वर्षको लामो करियमा ९५ गोल राष्ट्रिय टिम पोर्चुगलका लागि गरेका छन् । यसबाहेक विभिन्न अन्तर्राष्ट्रिय र स्थानीय क्लबका लागि उनले ६०५ गोल हानेका छन् । यसमध्ये सबैभन्दा धेरै रियल मड्रिडका लागि ४५० गोल, म्यान्चेस्टर युनाइटेडका लागि ११८, युभेन्टसका लागि ३२ र स्पोर्टिङ क्लब पोर्चुगलका लागि ५ गोल गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप