शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

छल्दीखोला दोभानमा बगेर दुईजना बेपत्ता

मङ्गलबार, २८ असोज २०७६, १९ : ३४
मङ्गलबार, २८ असोज २०७६

बुटवल– मंगलवार अपरान्ह बडिगाड खोला र छल्दीखोलाको दोभानमा  खोला तर्नेक्रममा दुईजना बगेर बेपत्ता भएका छन ।

३ जना बगेकामध्ये  मुसिकोट नगरपालिका ५  कलविरा टोलका ७ वर्षीय किशान विकको स्थानीय र प्रहरीले उद्धार गरेका थिए भने सोही टोलका २१ वर्षीय जीवन विक र  ५ वर्षीया बालिका गरिमा विक अझै बेपत्ता रहेका छन् । 

बेपत्ताहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्रसिंह खड्काले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप