एनआरएनलाई नेपाली नागरिकले पाए जतिको अधिकारसहितको नागरिकता : सुवास नेम्वाङ

काठमाडौं– संविधानसभा अध्यक्ष सुवास नेम्वाङले गैरआवासीय नेपालीका लागि नेपाली नागरिकले पाउने बराबरको आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार सहितको गैरआवासीय नागरिकता दिइने बताएका छन् ।
काठमाडौंमा जारी गैरआवासीय नेपाली संघको नवौं अधिवेशन अन्तर्गत गैरआवासीय नेपालीको कानुनी अधिकार र जिम्मेवारी विषयक कार्यक्रममा बोल्दै उनले संविधानले दिएको अधिकारका आधारमा यस्तो व्यवस्था गर्न लागिएको बताएका हुन् । उनले नागरिकता ऐनको मस्यौंदा संसदको राज्यव्यवस्था समितिमा रहेको बताउँदै उनले एनआरएनले उठाएको सवाललाई पनि नागरिकता विधेयकमा राखिएको बताए ।
उनले भने, ‘राज्यव्यवस्था समितिमा रहेको नागरिकता विधेयक अहिले टुङ्गिएको छैन । एनआरएनले उठाएको सवाललाई पनि नागरिकता विधेयकमा राखिएको छ । एनआरएनले उठाएको विषय हामीले पनि उठाएको विषय हो । सांसदहरुले संशोधन राखेर एनआरएनले उठाएका विषयलाई संसोधन गरेर समावेश गरेका छन् ।
उनले सुरुको अवस्थामा एनआरएनका लागि परिचयपत्रका लागि धेरै छलफल गरको बताउँदै यसबारे पहिला धेरै द्धिविधाहरु रहेको उल्लेख गरे । उनले भने, ‘परिचयपत्रदेखि अहिले नागरिकता दिने विषयसम्म आएका छौँ । एनआरएनलाई किन नागरिकता नदिने भन्ने विषयमा छलफल गरयौं । संविधानबाट एनआरएनका लागि नागरिकताको विषय टुङगो लगायौँ । त्यतिबेला यसबारे धेरै विवाद भएको थियो । अब यो उपलब्धीलाई अनुभूत हुनेगरी व्यवहारमा कार्यान्वन गर्न आवश्यक छ ।
उनले अब गैरआवासीय नेपालीहरुले नेपाली नागरिकले जति आर्थिक सामाजिक सांस्कृतिक अधिकार पाउँछन् त्यसमा तोला पनि फरक नपर्ने गरी गैरआवासीय नागरिकता पाउने व्यवस्था हुने बताए । अहिले कायम मस्यौंदामा भएको यो अधिकारलाई तलमाथि नगरी पारित गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : आज पनि चम्किए विराट, राजस्थानसामु २०६ रनको लक्ष्य
-
पत्रकारमाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
-
भारतको रक्सौलबाट ८ जना नेपाली किशोरको उद्धार
-
सर्वोच्चमा मनाङेका दुई घण्टाः ‘मुद्दा हेर्न नमिल्नेले गोला किन तान्नु ?’
-
बागमतीमा आयोजना बैङ्क सञ्चालनका लागि मन्त्रालयलाई अभिमुखीकरण तालिम
-
चुरे तराई जनसांगीतिक अभियानः चुरे फेदीमा नाच्दै, गाउँदै माओवादी