सांसद प्रमोद साहको रिहाको माग गर्दै सर्लाहीमा प्रदर्शन
काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपालका सांसद प्रमोद साहको रिहाइको माग गर्दै उनको गृहजिल्ला सर्लाहीमा जुलुस प्रदर्शन भएको छ । जनकपुर एयरपोर्टमा बुद्ध एयरको काउन्टरमा तोडफोड तथा कर्मचारीलाई दुरव्यवहारको गरेको आरोपमा प्रहरीले सांसद यादवलाई आज पक्राउ गरेको छ ।
उनलाई पक्राउ गरेपछि राजपा नेपाल सर्लाही जिल्ला कमिटीको बैठक बसेको थियो । सो बैठकले सांसद साहको रिहाको माग गर्दै जिल्लामा प्रदर्शन शुरु गरेको राजपा नेपालका विद्यार्थी नेता मनिष मिश्रले बताए ।
त्यसैगरि राजपा नेपालका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले एक विज्ञप्ति जारी गरी सांसद साहलाई रिहा गर्न माग गरेको छ । साथै एयरलाइन्सको सेवा प्रभावकारी, भरपर्दो र नियमित बनाई जनताको चासो सम्बोधन गर्न पनि सो पार्टीले माग गरेको छ ।
बुद्ध एयरको जहाज घण्टौसम्म नआउँदा छटपटाई रहेको विरामीको पिडा हेर्न नसकेर बुद्ध एयरको काउण्टरमा सोधपुछ गर्न जाँदा समान्य रुपमा आक्रोशित भएको घटनालाई अतिरञ्जित बनाई सांसद साहलाई पक्राउ गरेको भन्दै राजपा नेपालले आपत्ति प्रकट गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लाओसमा डेङ्गुका सङ्क्रमितको सङ्ख्या २० हजार पुग्यो, ११ जनाको मृत्यु
-
१० बजे १० समाचार : नयाँ पार्टी घोषणाको तयारीमा रावल, बालेनसँग संवादमा रास्वपा
-
किन निलो रङको पगरी लगाउँथे मनमोहन सिंह ?
-
व्यापार छाडेर विदेशतिर, के कारणले टिक्न सकेनन् व्यवसायी ?
-
कबाडमा पनि बिक्री हुन नसक्ने अवस्थामा पुगे बेवारिसे ट्रली बस
-
६० जिल्लामा रास्वपाको भेला सम्पन्न, केन्द्रीय समितिको विस्तारित बैठक आह्वान