इमरान खान साउदी अरेबिया जाने

इस्लामाबाद– इरानको भ्रमण सम्पन्न गरी पाकिस्तानी प्रधानमन्त्री इमरान खान मंगलबार साउदी अरेबिया पुग्ने भएका छन् । अरब खाडी क्षेत्रमा उत्पन्न सङ्कटका बारेमा छलफल गर्न प्रधानमन्त्री खान इरान र साउदी अरेबियाको भ्रमणमा रहेका छन् ।
प्रधानमन्त्री खानले इरानी राष्ट्रपति हसन रौहानीसँग सोमबार राष्ट्रपति कार्यालयमा भेटवार्ता गरेका थिए । जियो न्यूजका अनुसार साउदी अरेबिया र इरानबीच उत्पन्न गतिरोधले क्षेत्रमै असर पार्न थालेको भन्दै प्रधानमन्त्री खानले सम्भावित मध्यस्थताका लागि दुबै देशको भ्रमण गरेका हुन् ।
इरानी राष्ट्रपति रौहानीसँगको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री खानले इरान र साउदी अरेबियाबीच कुनै किसिमको द्वन्द्व नहोस् भन्ने पक्षमा पाकिस्तान रहेको बताउँदै द्वन्द्व समाधानका पक्षमा इरानी राष्ट्रपतिसँग रचनात्मक वार्ता भएकामा आफू निकै आशावादी रहेको बताए ।
प्रधानमन्त्री खानले इरानी सर्वोच्च नेता आयातोल्लाह खामेनीसँग पनि भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्री खानका साथ विदेशमन्त्री शाह महमूद कुरेसी र प्रधानमन्त्रीका सल्लाहकार सइद जुल्फिकार अब्बास बुखारी पनि रहेका छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री खानले साउदी राजकुमार मोहम्मद बिन सल्मानसँग खाडी क्षेत्रमा उत्पन्न गतिरोधका बारेमा छलफल गर्नेछन् । गत महिना राष्ट्रसंघको ७४ औं महासभामा भाग लिन जानेक्रममा पनि प्रधानमन्त्री खानले साउदी अरेबियाको भ्रमण गरी राजकुमार सल्मानसँग भेटवार्ता गरेका थिए ।
साउदी अरेबियाका दुईवटा ठूला तेल प्रशोधन केन्द्रमा गत सेप्टेम्बर १४ मा ड्रोन आक्रमण भएपछि इरान र साउदी अरेबियाबीचको तनाब चुलिएको छ । उक्त आक्रमणको जिम्मेवारी यमनका हुथी विद्रोहीले लिए पनि अमेरिका र साउदी अरेबियाले ड्रोन हमला इरानबाट भएको दाबी गरिरहेका छन् ।
तर इरानले भने उक्त आक्रमण आफूले नगरेको भन्दै अमेरिका र साउदी अरेबियाको दाबीको खण्डन गरिरहेको छ । तेल प्रशोधन केन्द्रमा भएका आक्रमणहरुले विश्व बजारमा तेलको मूल्य वृद्धि भएको थियो । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलोचुङगालामा बुनेको गलैँचाको माग उच्च
-
वन डढेलो : धेरै घटना तराईमा, क्षति पहाडमा
-
आज मगर एकता दिवस, कुन-कुन पालिकाले दिए सार्वजनिक बिदा ?
-
मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन दुई करोड ६९ लाख विनियोजन
-
हमासले गाजामा रेडक्रसलाई सुम्पियो चार इजरायली बन्धकको शव
-
पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ आज वर्षाको सम्भावना ?