शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आफ्नो आमाका लागि पर्शनलाइज्ड म्यासेज कोका–कोलाको बोटलमा

मङ्गलबार, २८ असोज २०७६, १६ : २८
मङ्गलबार, २८ असोज २०७६

काठमाडौं– कोका–कोलाले आफ्नो ‘मन खोलौं कोक सँग’ दशैं तिहार अभियानलाई निरन्तरता दिदैं ग्राउण्ड एक्टिभेसन शुरु गरेको छ । 

आमा भनेको हरेक चाडपर्वको महत्वपूर्ण अगं हो त्यसैले यो वर्ष कोका–कोलाको दशैं अभियानको थिम पनि ‘माई मम मेक्स माई दशैं स्पेशल’ रहेको छ । ग्राउण्ड एटिभेसनमा उपभोक्ताहरुले ५०० एमएलको कोक बोटलको लेबलमा पर्शनलाइज्ड म्यासेज प्रिन्ट गरेर आफ्नो आमालाई दिन सक्नेछन् ।

यो एटिभेसन १६ अक्टुबरबाट शुरु भएर सेल्सबेरी, भाटभटेनी सुपरमार्केट, सेलवेज र बिगमार्टको विभिन्न स्थानहरुमा ३ नोभेम्बरसम्म जारी रहनेछ । सीतापाइलास्थीत सेल्सबेरीमा अक्टुबर १६ तारिखमा एक्टिभेसन हुनेछ भने दोस्रो दिन अर्थात अक्टुबर १७ तारिखमा नक्साल भाटभटेनी, पाटन भाटभटेनी, भक्तपुर भाटभटेनी, कलंकी भाटभटेनी लगायतका स्थानमा क्रमश एक्टिभेसन जारी रहनेछ । 

प्रसिद्ध नेपाली अभिनेत्रीहरु पनि एक्टिभेसनमा सहभागी जनाउँदै विभिन्न स्थानमा भ्रमण गर्नेछन् । उपभोक्ताहरुले अभिनेत्रीहरुसँग कुराकानी गर्न तथा फोटो खिच्न सक्नेछन् । उपभोक्ताहरुले यो स्मरणीय पललाई सामाजिक सञ्जालमा ३ब्बmबद्यष्लबप्च्बmबष्यि ह्यासट्याग प्रयोग गरेर शेयर गर्न पनि सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप