शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अज्ञात समूहद्वारा ओशो तपोवनको सवारीमा आगजनी

मङ्गलबार, २८ असोज २०७६, १६ : ०३
मङ्गलबार, २८ असोज २०७६

काठमाडौं– काठमाडौंको तारकेश्वर नगरपालिका १२ गोलढुंगास्थित ओशो तपोवनका सवारी साधनमा अज्ञात समूहले आगजनी गरेको छ । सोमबार राती तपोवन परिसरको मूल गेटमा पार्किङ गरिरहेको बा २ क २१४७ नम्बरको बसमा अज्ञात समूहले आगजनी गरेको हो । आगजनीबाट बस क्षतिग्रस्त भएको ओशो तपोबनका तर्फबाट सुदिप पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

आगजनी गरिएको सो क्षेत्रमा तपोवनको रिसेप्सन अफिस, र्जोर्वा रेष्टुरेन्ट, साधकहरु रहने आवासीय कक्ष तथा भण्डार कोठा र सो भण्डार कोठामा भरिएका २ सयभन्दा बढी ग्यास सिलिण्डर समेत रहेकोले सिंगो तपोवनमा ठूलो क्षति हुनबाट जोगिएको विज्ञप्तिमा जनाइएको छ । 

आगजनीबाट तपोवनमा चलिरहेको ध्यान शिविरमा समेत नकारात्मक प्रभाव परेको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘हाल चलिरहेको ध्यान शिविरमा विश्वभरीका १३ भन्दा बढी राष्ट्रहरुबाट ध्यान कार्यव्रmममा सहभागी २५० भन्दा बढी साधकहरुमा यो घटनाले ठूलो मनोवैज्ञानिक त्रास सृजना गरेको छ ।

यस्ता घटनाले नेपाल भ्रमणमा आउने पर्यटकको शान्ति सुरक्षाको विषयसँग समेत प्रत्यक्ष सरोकार राख्ने र नेपाल एक असुरक्षित गन्तव्य भएको प्रतिकूल सन्देश विश्वमा प्रवाह हुन जाने प्रवल संभावना छ ।’ 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप