एनआरएन संस्थापक अध्यक्ष उपेन्द्र महतोद्वारा नवौं विश्व सम्मेलन बहिष्कार

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले काठमाडौंमा आइतबारदेखि सुरु भएको विश्व सम्मेलन वहिस्कार गरेका छन् ।
संघमा अस्वभाविक राजनीतिक ध्रुवीकरण बढेका कारण उनी नवौं विश्व सम्मेलनमा सहभागी नभएका हुन् । एनआरएन केन्द्रीय सदस्य रामशरण सिम्खडाले भने महतोले सम्मेलन बहिस्कार गरेको नभइ चुनावी प्रक्रियामासहभागी हुन अनिच्छुक देखिएकाले सहभागी नभएको दाबी गरे । उनले सुरुदेखि नै महतो एनआरएनजस्तो संस्थामा सहमतिमार्फत नै नेतृत्व चयन हुनुपर्नेमा जोड दिँदै आएको बताए ।
महतोले विभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरुलाई एकताबद्ध गर्दै उनीहरुले आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजीलाई मातृभूमि नेपालको सामाजिक तथा आर्थिक विकासमा सदुपयोग गर्ने उद्देश्यले स्थापना भएको संघलाई राजनीतिक पार्टीको भाृत संगठनजस्तो बनाउन नहुने धारणा राख्दै आएका छन् ।
उनले संघका विभिन्न महत्वपूर्ण कार्यक्रमहरुमा भन्दै आएका छन्,‘एनआरएनए मातृभूमिको सेवाको लागि पवित्र उद्देश्य राखेर खोलिएको संस्था हो । यसमा कसैले पनि राजनीतिक गन्ध छिराउनुहुँदैन् । यो ८० लाख नेपालीहरुको साझा संस्था हो ।’
महतोले विदेशमा बस्ने नेपालीका लागि आशा र भरोसाको केन्द्रको रुपमा स्थापित भैसकेको संस्थाभित्र दलगत राजनीति छिराएर विभाजित गर्ने काम कसैले पनि गर्न नहुने अडान राख्दै आएका छन् ।
संघको स्थापना भएको १६ वर्षको अवधिमा बाहिर प्रवासमा बस्ने नेपाली समुदायलाई एउटै मालामा जोड्न सफल भएको गर्विलो ईतिहासमा दाग लगाउनेगरि नेतृत्वको लागि राजनीतिक धुव्रीकरण र खिचातानी गर्नु अस्वभाविक रहेको पनि महतोको ठहर छ । संघमा आवद्ध भएकाहरुले मातृभूमीप्रतिको दायित्व भुल्न नहुने उनको तर्क छ ।
महतोले आठौं विश्व सम्मेलनमा पनि अध्यक्षको लागि आफू चुनावको पक्षमा नरहेको सन्देश प्रवाह गरेका थिए । त्यतिवेला उनले चुनाव हुँदा विभाजन आउने र भावनामा चल्ने संस्थामा भोेट गन्ने काम गर्न नहुने तर्क गरेका थिए ।
‘म, मेरो, एनआरएनए र मेरो नेपाल’ भन्ने नारासहित सुरु भएको सम्मेलनमा विश्वभरबाट २५ सय प्रतिनिधि सहभागी भएको बताइएको छ । दुई दिनसम्म होटल हायात रिजेन्सीमा चल्ने सम्मेलनबाट नयाँ नेतृत्वसमेत चयन हुनेछ । विभन्न १४ पदका लागि ४२ जना चुनिनेछन् । मतदानको कार्यतालिका बुधबारका लागि तय गरिएको छ । आगामी नेतृत्वका उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । पन्त नेकपा निकट र आचार्य काँग्रेस निकट मानिन्छन् भने सोही अनुसार चुनावी गतिविधिसमेत भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनएसएल उपाधिका लागि ललितपुर एफसी र पोखरा थण्डर्सबिच प्रतिस्पर्धा
-
सरकारले काम नगरेपछि व्यवस्थाप्रति गुनासो बढेको हो - पूर्वमन्त्री ज्वाला
-
भारतीय दूतावासमा पहलगाम आक्रमणमा ज्यान गुमाएकाहरूको सम्झनामा श्रद्धाञ्जली सभा
-
स्वतन्त्र प्रेसबिना लोकतन्त्रको कल्पना गर्न सकिँदैन : राष्ट्रपति पौडेल
-
बौद्धिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्नुपर्छ : अध्यक्ष ढकाल
-
‘एक्सेलेरेट एक्सन’ : महिला कलाकारको उद्घोष