एनआरएनएहरुलाई राष्ट्रपति भण्डारीको प्रस्ताव: नेपाल निर्माण गर्ने महाअभियानमा लगानी गरौं
काठमाडौं– राष्ट्रपति विद्या भण्डारीले गैरआवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्न आह्वान गरेकी छिन् । राष्ट्रपति भण्डारीले व्यक्तिगत तथा सामूहिक लगानी समग्र नेपाल निर्माण गर्ने महाअभियान लगाउन सबै गैरआवासीय नेपालीहरुलाई आह्वान गरेकी हुन् । गैरआवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्न सहज एवम् अनुकूल वातावरण बन्न गएको राष्ट्रपति भण्डारीको भनाई छ ।
‘नेपाल सरकारको समग्र प्रयास, नीति तथा कार्यक्रमहरु ‘समृद्ध नेपालः सुःखी नेपाली’को साझा राष्ट्रिय आकांक्षा पूरा गर्ने दिशामा केन्द्रित छ,’ मंगलबारबाट काठमाडांैमा सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘नेपालमा विकसित हुँदै गइरहेको सहज र अनुकूल आन्तरिक तथा बाह्य वातावरणमा विश्वका विभिन्न मुलुकबाट हासिल गरेका ज्ञान, अनुभव, सीप र उद्यमशीलतालाई व्यक्तिगत तथा सामूहिक लगानीमार्फत् नेपाल राष्ट्र निर्माण गर्ने महाअभियानमा सहभागी हुन गैरआवासीय नेपालीहरुलाई हार्दिक आह्वान गर्दछु ।’ उनले गैरआवासीय नेपालीहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपयोग गर्ने व्यवस्था संविधानमै गरिएको पनि स्मरण गराए ।
कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले गैरआवासीय नेपालीहरुलाई नेपालको विकासमा आफूले हासिल गरेका ज्ञान, सीप र प्रविधिको उपयोग गर्न आग्रह गरे । उनले गैरआवासीय नेपालीहरुको अधिकारको सुनिश्चित हुने गरी सरकारले छिट्टै ‘गैर आवासीय नेपाली परिचयपत्र’ वितरण गर्ने पनि जानकारी दिए । २५ सयभन्दा बढी प्रतिनिधिहरु सहभागी रहेको तीन दिने सो विश्व सम्मेलनले एनआरएनएको नयाँ नेतृत्व पनि चयन गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाशिवरात्रि : आकर्षक बनाइँदै पशुपति क्षेत्र
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने