कपिल शर्मा एक एपिसोडका लागि लिन्छन् यति मोटो पारिश्रमिक, यो भिडियोमा भयो खुलासा
टिभीका चर्चित हास्यकलाकार कपिल शर्माको कमेडी शो ‘द कपिल शर्मा शो’ मा विभिन्न सेलिब्रटीको उपस्थिती हुन्छ । हालैको एपिसोडमा कपिलको शोमा पाहुना बनेका चर्चित संगीतकार उदित नारायणले उनको पारिश्रमिकबारे अचम्मित गरिदिने खुलासा गरेका छन् ।
कपिल शर्मा आफ्नो शोमा आएका उदित नारायणसँग निकै मस्ती गरिरहेका थिए । यतिबेला कपिलले उदित नारायणलाई भने, ‘तपाईंको जति प्रिय आवाज छ, त्यति नै निर्दोष तपाईंको अनुहार छ । तपाईंको अनुहार हेर्दा यस्तो लाग्छ कि तपाईंले अहिलेसम्म कसैको पैसा खानुभएको छैन । यस्तो पनि लाग्छ कि तपाईंको पैसा धेरैजनाले खाएका छन् ।’
कपिलको यस्तो कुरा सुनेर सबैजना हाँसे ।
यस्तै, कपिलको कमेन्ट सुनेर उदित नारायणले तुरुन्तै भने, ‘तपाईंले त संघर्ष गर्न आवश्यक छैन । सुनेको छु कि तपाईंले एक–एक एपिसोडको १–१ करोड लिनुहुन्छ ।’
उदित नारायणको यो शानदार जवाफ सुनेर सबैजना बेस्सरी हाँसे र कपिल शर्माको बोली नै बन्द भयो । त्यसपछि कपिल शर्माले एक एपिसोडको एक करोड पारिश्रमिक लिने गरेको खबर फैलियो । यद्यपि, उदित नारायणले ठट्टामा यस्तो भनेका हुन् कि साँचो नै हो भन्नेबारे केही आधिकारीक जानकारी उपलब्ध छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी